सर्वोच्चको आदेशपछि चिकित्साशास्त्रको प्रवेश परीक्षा स्थगन

SHARE:

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानले शनिबारदेखि हुने भनिएको चिकित्साशास्त्र स्नातक तहको प्रवेश परीक्षा स्थगित गरेको छ । सर्वोच्च अदालतले प्रवेश परीक्षा सञ्चालन नगर्न अन्तरिम आदेश दिएपछि स्नातक तह प्रवेश परीक्षा सञ्चालन समितिको आज साँझ बसेको बैठकले परीक्षा स्थगित गरेको संस्थानका डीन डा जगदीश अग्रवालले जानकारी दिए ।

उनले सर्वोच्च अदालतले परीक्षा स्थगित गर्न आदेश दिएपछि आफूहरुले बैठक बसी शनिबारदेखि सञ्चालन गर्न भनिएको परीक्षा स्थगित गरेको बताए । यही भदौ २१ गतदेखि शुरु हुने चिकित्साशास्त्रको स्नातकतर्फ एमबीबीएस, बीडीएस, नर्सिङ, फार्मेसी र बीपीएच तहको प्रवेश परीक्षा तोकिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!