ब्रिगेड भेट्रेन बास्केटबल टुर्नामेन्ट किन ?

SHARE:

शान्तकुमार गुरुङ, संयोजक
नेपाली समुदायले बेलायतमा पछिल्लो समय विभिन्न उद्देश्यका साथ विविध कार्यक्रमहरु ग्र्दै आएको छ । विभिन्न जातीय र भेगीय संघसंस्थाहरुले आफ्नो संस्कृति तथा परम्परा अनुसार विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । त्यस्तै, च्यारिटी, जानकारीमूलक कार्यक्रम र खेलकुद प्रतियोगिता पनि बाक्लिदै आएको छ । फुटबल, भलिबल, बास्केटबल, तेक्वन्दो, कराते, व्याड्मिन्टन, लङ्ग टेनिस, गल्फ र बक्सिङ्ग लगायतका खेलहरु हुने गर्दछ । खेलकुद मानिसका लागि अन्त्यन्त महत्वपूर्ण हो । खेलले मानिसलाई स्वस्थ र तन्दुरुस्त राख्न महत्पूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले खेलप्रति धेरैको आर्कषण बढ्नु स्वभाविकै हो ।

म पल्टनमा रहँदा फुटबल, भलिबल र बास्केटबल प्रतियोगितामा बटालीयनको प्रतिनिधित्व गरेर खेल्ने गर्दथें । त्यसमा पनि बास्केटबल मेरो औधी मन पर्ने खेल हो । मैले आफ्नो शारिरीक अवस्था तन्दुरुस्त राख्नका लागि अहिलेसम्म पनि निरन्तरता दिँदै आएको छु ।

हाम्रो समुदायका नेपाली युवाहरुले बास्केटबल प्रतियोगिता आयोजना गरेको देखें तर हामी भेट्रेनहरुलाई लक्षित गरी आयोजना गरिएको देखिएन । त्यसैले ४० बर्ष भन्दा बढी उमेरका सबै नेपाली दाजुभाइहरुलाई समेट्ने गरी बास्केटबल प्रतियोगिताको आयोजना गर्नुपर्ने आवश्यकता महसुस गरें । केही साथीहरुको सल्लाह र सहयोगमा आउँदो २२ सेप्टेम्बर २०१८ का दिन अल्डरसटस्थित क्वीन्स एभिन्यू (अल्डरसट ग्यारीजन स्पोर्टस् सेन्टर) मा प्रतियोगिता आयोजना गर्ने निर्णय ग्‍र्यौं । हालसम्म बेलायतमा क्रियाशिल १३५ वटा संघसंस्थाहरुलाई प्रतियोगिताको बारेमा पत्रचार गरिसकिएको छ र अझै पनि पत्रचार गर्ने क्रम जारी छ । यसबीच धेरैजना पूर्व खेलाडी, सामाजिक अभियन्ता र पल्टने साथीहरुसंग भेटघाट र कुराकानी भयो । उहाँहरुले यसको स्वागत गर्दै सल्लाह, सुझाव र आफ्ना अनुभवहरु सुनाउदै केही महत्वपूर्ण जिज्ञासाहरु पनि राख्नु भयो ।

खेलको माध्यमबाट आफ्नो शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न सकिने भएको हुँदा पनि यस खेलको आयोजना गरिएको हो । अर्को भनेको बेलायतभरी छरिएर रहेका बिग्रेड अफ गोर्खाजका पूर्व खेलाडिहरुलाई एउटै बास्केटबल कोर्टमा भेला गराउनु पनि हो । त्यस्तै, ४० बर्ष पुग्ने सबै नेपाली र हाल सेवारत ब्रिगेड अफ गोर्खाज्का दाजुभाइहरुलाई पनि प्रतियोगितामा भाग लिन अनुरोध गरिसकिएको छ । उहाँको उपस्थितिले प्रतियोगितालाई अझ भव्य र सभ्य बनाउनेछ भन्ने मेरो विश्वास छ ।


साथै सो प्रतियोगितामा ४० भन्दा बढी सबै उमेरका दाजुभाइहरुले भाग लिने आशा गरेको छु । हालसम्म केहि टिमले निवेदन दिई सकेका छन् । र, निवेदन आउने क्रम बढ्दो छ त्यसैले भाग लिन इच्छुक संघसंस्था र समूहले सक्दो छिटो आफ्नो टिम बनाई निवेदन दिनहुन अनुरोध गरिन्छ । हामीले यसअघिनै २४ देखि ३२ वटा टिम मात्रै खेलाउने विभिन्न संचार माध्यमबाट सार्वजनिक गरिसकिएको हुनाले First come first serve को आधारमा टिमहरु दर्ता गरिनेछ । टिम पुरा हुनसाथ निर्धारित समय अर्थात् ३१ मे २०१८ भन्दा अगावै टिम दर्ता बन्द गरिने सबैमा निवेदन गर्न चाहन्छु ।

खेल Fare Play को आधारलाई ध्यानमा राखी International Basketblla Association (IBA)द्वारा Qualified (गैर नेपाली) अफिसियल रेफ्रीहरु यसअघिनै प्रवन्ध मिलाई सकिएको छ । त्यस्तै, खेल व्यवस्थित रुपमा संचालन होस् र हरेक टिमले समयमा नै आवश्यक तालिम पुरा गर्न सकोस् भन्ने उद्देश्यका साथ खेल आयोजना हुने दिन भन्दा करीब ४ महिना अघि अर्थात् ३१ मे २०१८ का दिन टिम दर्ताको समय सिमा तोकिएको हो ।
यस खेललाई व्यवस्थित रुपमा संचालन गर्नका लागि मेरो संयोजकत्वमा चित्र प्रकाश पुन सहसंयोजक, क्या.रि. जिवन कुमार गुरुङ, इन्द्र नारायण गुरुङ, कमल गुरुङ, बिनी कुमार गुरुङ, मनिराज गुरुङ र मिस सिम्रन गुरुङ सदस्य रहेको आयोजक कमिटी गठन गरिएको छ ।

अन्त्यमा यो खेल तपाई हाम्रो लागि नै हो । यसले हामीलाई स्वस्थ र तन्दुरुस्त राख्दछ भने हामीबीच एकअर्कामा भेटघाटमार्फत नजिक पनि बनाउँछ । यो मेरो सानो प्रयास हो, मैले एउटा बाटो बनाएको हो । यसलाई अगाडि बढाउने, निरन्तरता दिने वा नदिने यहाँहरुको हातमा छ । त्यसैले ब्रिगेड भेट्रेन बास्केटबल टुर्नामेन्टमा सबैले भाग लिई सफल पारीदिनहुन बेलायतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछु ।
धन्यवाद

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!