साहित्यकार सरुभक्तलाई बाह्रखरीको प्रश्न गर्दा

SHARE:

जयराम तामाङ
जुनसुकै भाषामा पनि सिकाउने र सिक्ने अक्षर पहिलो वर्णमाला अर्थात् अल्फाबेटबाट नै सुरुआत गरिन्छ । प्रत्येक भाषाको आफ्नो आफ्नै वर्णमालाका अक्षरहरु र संख्याहरु हुन्छन् । अंग्रेजी भाषाको २६ वटा अक्षर हुन्छ भने नेपाली भाषाको छत्तीस वटा व्यन्जनहरु हुन्छन् भने बार वटा स्वर ब्यन्जनहरु हुन्छन् ।

त्यस्तै जापानिज भाषामा विदेशी नाम अनि विदेशी शब्दहरुको लागि छयालीस वटा काताकाना अक्षर हुन्छ र स्वदेशी शब्दहरुको लागि छ्यालीस वटा हिरागाना अक्षरहरु र पैंतालीस हजारदेखि पचास हजारसम्म खान्जी अक्षरहरु हुन्छन् र प्रत्येकको आफ्नै स्वर हुन्छन् ।

मैले थाहा नभएको कति देशका आफ्नो आफ्नो लिपी र अक्षरहरु होलान् । हाम्रोे जस्तै भारतको पनि एकै किसिमको अक्षरहरु र स्वर ब्यन्जनहरु भएका बर्णमाला छन् ।

परदेशमा लागेको पनि दुई दशकभन्दा बढी भइसक्यो । स्वदेशी भाषाको शब्दहरु बिर्संदै जानु, उच्चारणहरु बिगँ्रदै जानु, वाक्यहरु अपूरो हुनु उमेरको कारण र कम अभ्यासको कारण पनि हो जस्तो मलाई अनुभूति भइरहन्छ । तैपनि आफूले जेजति जानेको आफ्नो छोराछोरीले पनि जानोस् भन्ने चाहना प्रत्येक बाउआमाको हुन्छ । मेरो पनि चाहना अरुको जस्तै भएकोले छोरा विदेशमा जन्मे पनि मैले जानेको केही नेपाली भाषा अनि अक्षरहरु सिकाउन लागें ।

नेपाली वर्णमाला क देखि ज्ञ सम्म र स्वर व्यन्जन अ देखि अःसम्म सिकाउने प्रयास गरें, तर सिकाउँदै जाँदा मैले ष को उच्चारण स होकि ख भनेर छुट्याउन सकिनँ । यदि ष को उच्चारण स हो भने स, श र ष को उच्चारण सबैको उस्तै जस्तो लाग्यो । त्यसैले छोरालाई सिकाउन मलाई गाह्रो भएकोले मैले जे जानेको थियो जे सिकेको त्यही कुरा सिकाउन लागें । हाम्रो जस्तै भारतमा पनि उही किसिमको वर्णमालाहरु सिकाँउछन् तर उनीहरुले गरेको उच्चारण र नेपालीहरुले गरेको उच्चारणमा केही फरक देखिन्छ । उनीहरुले बोलेका शब्दहरु प्रस्ट रुपमा उच्चारण हुन्छ तर नेपालीहरुले बोलेका शब्दको उच्चारण विदेशीहरुले बुझ्न अलि गारो पर्दछ । हाम्रो देश नेपालमा विशेष गरेर क्षेत्री बाहुनहरुले राम्रो नेपाली भाषा बोल्न सक्छन् तैपनि उनिहरुलाई पनि स, श, ष उच्चारण छुट्टयाउन कठिन नै भएको जस्तो लाग्छ । खासगरी पुरानो पुस्ताहरुमा यो समस्या देखिए पनि नयाँ पुस्ताहरुमा यो समस्या न्यूनिकरण भएको होकि जस्तो मलाई लागेको छ ।

केही समय पहिले विद्धान्, साहित्यकार, कवि सरुभक्त दाइलाई भेट्ने मौका स्वीन्डनको ओल्ड टाउनस्थित याक द हिमालय नेपाली रेस्टुरेन्टका सञ्चालक भाइ अर्जुन गुरुङ र बहिनी हिमाली गुरुङ (जयन्ती) ले आफ्नै रेस्टुरेन्टमा अनौपचारिक भेटघाट जुराइदिनुभएको थियो । त्यसै भेटघाटमा घाम र जूनका रचनाकार तथा साहित्यकार नानु राना पनि मेरो साथमा जानु भएको थियो । बहिनी सुधा गुरुङ को निमन्त्रणमा बेलायत आउनु भएको साहित्यकार सरुभक्तज्युको पारिवारिक, आफन्त अनि चिनजानहरुको उक्त अनौपचारिक भेटघाट भए पनि सबैले फूलगुच्छा, केही उपहार अनि खादाहरुले सम्मान गरेका थिए । रेस्टुरेन्ट सञ्चालक भाइ अर्जुन र बहिनी हिमालीले बनाउनुभएको मीठो भोजनका साथमा अतितका मीठामीठा पलहरुमा सबैजना मन्त्रमुग्ध देखिन्थे । आफूलाई भने कति धेरै कुराहरु उहाँको मुखबाट प्रस्फुटन भएको सुन्ने इच्छा थियो । तर उहाँहरुको त्यत्ति राम्रो मीठामीठा बातचित भइरहेको क्षणमा आफू कवाबमा हड्डी बन्नु पनि थिएन । मलाई सात्यिकार नभए पनि साहित्यप्रति धेरै नै रुची भए पनि धेरै वर्षको विदेश पलायन अनि उमेरले गर्दा धेरै शब्दहरु अनि वाक्यहरुले मेरो मष्तिकबाट बिदा लिइसकेका छन् । घडिको सूईले रातको दस हान्नै लागेको थियो अचानक मेरो मष्तिष्कमा कताबाट के आएछ कुन्नी दुईवटा प्रश्न थाहै नपाई विद्धान् सरुभक्तलाई सोध्न पुगेछु ।

उहाँसामु आफूलाई धूलोको कणसरहको महसुस भइरहे पनि अरुले बोलेको त्यही शब्दहरु र वाक्यहरु उहाँको मुखबाट सुन्दा कति गर्विलो हुन्छ होला भन्ने मेरो बुझाइ थियो । हुन पनि किन नहोस् चालीसभन्दा पुस्तकहरु लेख्दा कति शब्दहरु अनि वाक्यहरुले गति पायो होलान् । उहाँको भर्खरै विमोचन भएको पुस्तक प्रतिगन्ध पनि साथमा भएकोले दस पाउन्ड तिरेर ल्याउने मौका पनि मिल्यो । मलाई पढ्ने त्यत्ति फुर्सद नभए पनि उहाँले लेख्नु भएको मोटो किताबमा उहाँको हस्ताक्षर सहितको प्रतिगन्ध मेरो घरमा सजाएर राख्न पाउँदा भाग्यमानी सम्झेको छु । हुन त, त्यो भन्दा पहिला पनि कबियत्री, साहित्यकार, लेखिका अनि गीतकार जानु काम्बाङ्ग लिङ्देनले पनि आफ्नो पुस्तक नउघ्रेको जून र कबियत्री अनि साहित्यकार नानु रानाले घाम र जून मलाई उपहारस्वरुप हस्ताक्षर गरी दिइसक्नु भएको थियो ।

मेरो पहिलो प्रश्न हामी गैरआवासीय नेपालीहरु विदेश पलायन भएर आफ्नो भाषाहरु शब्दकोषभित्र खोजीरहने समयमा आफ्नो बालबच्चाहरुलाई कसरी भाषा सिकाउने अथवा कस्तो सल्लाह दिनु हुन्छ भनेर मैले सोधेको थिएँ । त्यसमा उहाँले बाबु आमाले नै आफूले जे जति जानेको छोरा छोरीलाई सिकाउँदै लैजानु पर्छ भन्ने उहाँको विचार भन्नु भएको थियो । मेरो दोस्रो प्रश्न त्यही मलाई उच्चारण गर्न नजान्ने ष र स अनि श को को बारेमा थियो ।
त्यसमा उहाँले धेरै उदाहरण दिएर प्रस्ट्याउँदै भन्नु भएको थियो ।

नेपालमा पनि त्यससम्बन्धी धेरै विवादहरु भएको अनि छलफल भएको कुरा भन्नु भएको थियो । त्यसै सन्दर्भमा नानु बहिनीले भाषा सम्बन्धी लेखक अनि साहित्यकारहरुले त्यत्ति जान्नु आवश्यक छैन त्यो भाषाविद्हरु ले जान्नु पर्ने हुन्छ भन्ने जिकिर गर्नुभएको थियो । तर त्यसमा म भने सहमत थिएन किनभने यदि साहित्यकारले ह्रस्व र दीर्घ मिलाएर लेखेन भने अर्थको अनर्थ हुन्छ भन्ने मेरो विचार थियो । हुन त, म त्यती जान्ने त होइन तर स र श अनि ष को उच्चारणले गर्दा मैले धेरै ठाउँमा अप्ठेरो अनि गल्ती महसुस गरेको छु र मेरो छोराले प्रश्न गर्दा म अनुउत्तरदायी भएकोले सोही प्रश्नको उत्तर सुन्न कवि, साहित्यकार, लेखकको मुखबाट सुन्न उचित लागेकोले सो प्रश्न गरेको हो ।

लेखक, साहित्यकार, कवि र भाषाविद्हरु एक आपासमा मिल्दोजुल्दो हुनु पर्छ भन्ने मेरो बुझाइ हो । केही समयको छलफलपछि सामूहिक तस्बिर खिचेर तितरबितर भयौं । घर फर्कने समयमा नानु बहिनी र म कारमा पनि त्यही विषयमा वादविवाद गर्दै आउँदा मलाई धेरै कुराहरु भन्नु भए पनि मलाई भने केही चित्तनबुझेको भान भई नै रहेको थियो ।

मेरो विचारमा विद्धान् सरुभक्त जरुतै प्रख्यात अरु केही ब्यक्तिहरु मिलेर नेपाली वर्णमालाहरुको सही उच्चारण गर्न भाषाविद् अनि शिक्षा मन्त्रालयबाट देशका प्रत्येक कुनाकाप्चामा सन्देश पुगोस् भन्ने मेरो ब्यक्तिगत विचार हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!