फोटो- बिल पुर्जा – लन्डन ।
पुन मगर समाज युकेको अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर निर्वाचित भएका छन् ।
आइतबार १९ अप्रिल २०२६ मा फान्ब्रोस्थित मगर भवनमा भएको समाजको पाँचौं महाधिवेशनबाट अध्यक्षमा तिलिजा सर्वसम्मत भएका हुन् ।
यस्तै कार्यसमिति उपाध्यक्षमा चन्द्रराम मगर (खोरजा), महिला उपाध्यक्ष छविमाया पुन, सचिव धन पुर्जा, कोषाध्यक्ष गंगा खोरजा, सांस्कृतिक सचिव खीम पुन, सहसचिव अमृत पुर्जा, सहकोषाध्यक्ष मेख तिलिजा, सहायक मौलिक सचिव लक्ष्मी गर्बुजा, प्रपर्टी इन्चार्ज चित्र प्रकाश पुन चयन भएका छन् ।
सदस्यहरुमा तीर्थ गर्बुजा, खुम पुर्जा, अमृत गर्बुजा, छाक तिलिजा, मेशमान पुर्जा, गणेश पुढाथोकी र लिल अमात्य छन् ।
निर्वाचन समितिको अध्यक्षमा क्याप्टेन कृष्ण पुन, सचिव तेज राम्जाली र सदस्यमा गणेश बुढाथोकी थिए । नवनिर्वाचित कमिटीलाई आइतबार नै पद तथा गोपनियताको शपथ खुवाइएको छ भने निर्वाचित प्रमाणपत्र दिइएको छ ।







