आरकेको आयो ‘बारपाक सुलीकोट’ नयाँ गीत

SHARE:

काठमाडौं । मौलिक संगीतमा छाप बसाएका गायक आर के (रामकुमार) गुरूङ नयाँ गीतसहित स्रोता, दर्शकमाझ झुल्किएका छन् ।

गायक गुरुङले मौलिक कौडा (चुट्का) गीत ‘बारपाक सुलीकोट’ बोलको नयाँ गीत ल्याएका हुन् । उनको म्युजिक भिडियो युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

नयाँ गीतमा आर के गुरूङ, राजेन्द्र गुरूङ र पवित्रा गुरूङले स्वर दिएका छन् । शब्द/लय आरके र राजेन्द्रले गरिएको ‘बारपाक सुलीकोट’मा एरेन्ज/मिक्सिङ तेजेन्द्र गुरुङको छ ।

लोप हुन लागेका लोकभाकाहरुलाई टपक्क टिपेर पस्कन सिपालु गुरूङले यसअघि पनि थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् । विशेषगरी तमु संस्कार संस्कृतिमा आधारित गीत सिर्जनामा तल्लीन गुरूङ ‘जाला जोवन, के छ खबररु, सौरपानी गाउँ गीत सहित ८० भन्दा बढी mगीतहरु बजारमा ल्याइसकेको बताउँछन् ।

बारपाक सुलीकोटमा अभिनेता सुवास गुरुङ र सन्देश गुरुङले अभिनय गरेका छन् । लक्ष्मी, पार्वती, सुमित्रा, सृष्टि, दिपाञ्जली, रस्सु, प्रजीना गुरुङहरु र कृति केसीले नृत्युमा साथ दिएका छन् ।

म्युजिक भिडियोको निर्देशन दिप गुरुङ, सम्पादन सुजन शाही, छायांकन मधुर बस्नेत, श्रृंगारको भूमिका पवित्रा गुरुङले खेलेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!