अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कारका लागि पोखरेली मञ्च यूकेको सहयोग

SHARE:

सुधा गुरुङ
पोखरा । पोखरेली युवा सांस्कृतिक परिवार (पोयूसांप) ले स्थापना गर्न लागेको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार कोषका लागि पोखरेली मञ्च यूकेले २ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

बेलायतमा गत ९ नोभेम्बरमा पोखरेली मञ्च यूकेले आयोजना गरेको ‘सिर्जनाको घेराभित्र सरुभक्त’ कार्यक्रम प्रायोजनबाट बचेको रकम संयोजकद्वय लालप्रसाद गुरुङ र सुधा गुरुङले पोयूसांपका अध्यक्ष प्रकाश ज्ञवालीलाई गत साता पोखरामा समता काव्य सन्ध्या कार्यक्रममा हस्तान्तरण गरेका हन् । साथै बचेको केही रकम र बेलायतमा अन्तर्राष्ट्रिय लोकार्पण गरिएको सरुभक्तको नविनतम उपन्यास प्रतिगन्धको बिक्रीबाट उठेको रकम गरी ३ लाख १८ हजार ४०९ सरुभक्तलाई प्रदान गरिएको थियो ।

पोखरामा पोयूसांपले हरेक महिनाको पहिलो शनिबार समता काव्य सन्ध्या नियमित कविता वाचन कार्यक्रम अयोजना गर्ने गर्दछ । सोही कार्यक्रममा संयोजक दम्पतीले सो रकम हस्तान्तरण गरेका हुन् । आधुनिक गीत, संगीतका धरोहर स्वर्गीय अम्बर गुरुङको नाममा अलि ठुलै रकमको अक्षय कोष स्थापना गरी राष्ट्रियस्तरमा गीत, संगीतको क्षेत्रमा अमूल्य योगदान पुर्‍याउने स्रष्टालाई पुरस्कृत गरिने योजना रहेको साहित्यकार तीर्थ श्रेष्ठले बताए । सो पुरस्कार स्थापनाका लागि जग बसाल्ने काम गीतकार एवम् संगीतकार बिक्रम गुरुङले गरेको पनि श्रेष्ठले बताए ।

विक्रमले हङकङमा एकल सांगीतिक कार्यक्रम गरी ल्याएको रकम ५ लाख रुपैयाँमा एक लाख थप गरी ६ लाख कोषका लागि प्रदान गरेका थिए । सोही रकममा एक अर्को इँटा थप्ने काम गर्‍यो पोखरेली मञ्च यूकेले अनि माध्यम बने साहित्यकार सरुभक्त ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तले आफ्नो बेलायती भ्रमणलाई साहित्यिक तीर्थयात्रा उपनाम दिँदै बेलायतमा आयोजित आफ्नो ऐतिहासिक कार्यक्रमबाट आधुनिक गीत, संगीतका धरोहर एवम् मूर्धन्य संगीतकार अम्बर गुरुङ राष्ट्रिय पुरस्कारमा थप टेवा पुर्‍याउन पाउनु आफ्नो लागि अति नै अविष्मरणीय क्षण भएको बताए ।

साहित्यकार तीर्थ श्रेष्ठले पोखरामा अम्बर गुरुङका नाममा देशकै ठूलो पुरस्कार राशिको राष्ट्रिय पुरस्कार स्थापना अभियानमा लागीपरेको बताए । अहिलेसम्म सो कोषमा विक्रम र सरुभक्तमार्फत साढे आठ लाख संकलन भइसकेको र २० लाख रुपैयाँको कोष बनाएर ठुलै राशिको पुरस्कार प्रदान गर्ने आफूहरुको लक्ष्य हो । कोष स्थापना गरी बर्सेनि वा २ वर्षको अन्तरालमा कम्तीमा २ वा ३ लाख रुपैयाँसम्मको पुरस्कार दिने कार्यविधि बन्न लागेको पनि उनले बताए ।

अक्सर बेलायतमा कलाकारहरु निम्त्याएर रमाइलो गर्ने प्रचलन रहेकोमा पोखरेली मञ्च यूकेले केही नयाँ नौलो किन नगर्ने त ? भन्ने मनसाय लिई बेलायती साहित्यप्रेमी स्रोताहरुको साहित्यिक तिर्सना मेटाउने अभिप्रायले पृथक् खालको साहित्यिक कार्यक्रम आयोजना गर्ने जमर्को गरेकोमा अति सफलतापूर्वक सम्पन्न भएको जानकारी संयोजक लाल गुरुङले दिए । साथै २०३४ सालतिर आफू पनि पोयूसांपको स्थापनाकालीन सदस्य भएकाले आफ्नो मातृसंस्थाप्रति केही गर्न पाए हुन्थ्यो भन्ने भावनाले सदा आफूलाई झकझकाइरहेको अवस्थामा सिर्जनाको घेराभित्र सरुभक्त कार्यक्रम संयोजन गरी यो सहयोग जुटाउन पाएकोमा अत्यन्त गौरवान्वित भएको उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि सरुभक्तले साहित्यकार सरस्वती श्रेष्ठ सरुको बाल कथासंग्रह किट्टीको लोकार्पण गरेका थिए । साथै विभिन्न कविहरुले आफ्ना सुन्दर रचनाहरु वाचन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!