मिर्गौलापीडित पत्रकारको सहयोगार्थ चलचित्र ‘मि नहोर्बै ट’ को विशेष प्रदर्शन हुँदै

SHARE:

लन्डन । मिर्गौलापीडित पत्रकार राजबहादुर गुरुङको उपचारमा सहयोगार्थ गुरुङ चलचित्र मि नहोर्बै ट (आँखा भित्रको फूल) बेलायतमा विशेष प्रदर्शन हुने भएको छ ।

अल्डरसट इम्पावरमेन्टको आयोजनामा यही जनवरी २६ तारिख आइतबार एम्पायर ब्याङ्‌क्वेट हल, हाइस्ट्रिट अल्डरसटमा सो चलचित्र प्रदर्शन हुन लागेको हो । दुवै मिर्गौला पीडित पोखराका पत्रकार राजबहादुर गुरुङको सहयोगार्थ चलचित्र प्रदर्शन गर्न लागिएको जानकारी दिँदै फोटो पत्रकार एवं आयोजकमध्येका एक मिलन तमु उपस्थितिका लागि सबैमा हार्दिक अनुरोध गरेका छन् ।

अन्य आयोजक सदस्यहरुमा पत्रकार पूर्ण गुरुङ, युवा व्यवसायी मान गुरुङ छन् ।

चलचित्र प्रदर्शनका लागि चित्रेली तमु समाज यूके, गिलुङ तमु समाज यूके र चार भञ्ज्याङ तमु समाजले प्रायोजन गरेका आयोजक सदस्य तमुले जानकारी गराए ।

पाइला फिल्मस् प्रालिको व्यानरमा निर्मित चलिचत्रको कार्यकारी निर्मातामा आश गुरुङ छन् ।

अन्य निर्माताहरुमा बुद्धकुमार गुरुङ, राजकुमार गुरुङ, अमिर गुरुङ (नेदरल्यान्ड) छन् । सो चलचित्र लेख तथा निर्देशन उमान सिंह गुरुङ (माओत्से तुङ) ले गरेका छन् ।

चलचित्र प्रदर्शनमा बेलायतबाट प्रकाशित लोकप्रिय पत्रिका एभरेस्ट टाइम्स मिडिया पार्टनरको रुपमा रहेको छ ।

 

को हुन् राजबहादुर गुरुङ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!