लोकदोहोरी गायक थापा सम्मानीत

SHARE:

काठमाडौं । वरिष्ठ लोक तथा दोहोरी गायक कृष्ण थापा मगर सम्मानीत भएका छन् ।

तनहुँ उद्योग वाणिज्य संघ र तनहुँ उद्योग वाणिज्य संघ बजार इकाई समितिद्वारा आयोजति सांस्कृतिक महोत्सवमा गायक थापालाई सम्मान दिइएको हो ।

सम्मानपछि गायक थापाले भने, ‘मलाई सम्मानित गरेर मेरो सांगीतिक यात्रालाई अझै थप हौसला प्रदान गर्ने अवसर दिनुभएकोमा मेरो आदरणीय शुभचिन्तक इष्टमित्र सहयोगी दाजुभाइ दिदीबहिनी साथै उद्योग वाणिज्य संघ तनहुँ, उद्योग वाणिज्य संघ बजार इकाई समिति, राष्ट्रिय दोहोरी प्रतिष्ठान तनहुँ सम्पूर्णमा हार्दिक धन्यवाद कृतज्ञता व्याक्त गर्दछु ।’

तनहुँली गायक थापाको सारङीको तार…, जुनी जुनीलाई, लाहुरे फुली पाते बुलाकी, काठमाडौं तीनकुने लगायत गीत लोकप्रिय छन् । उनले केही महिनाअघि आइपुगे लाहुरे गीत पनि सार्वजनिक गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!