अल्डरसटमा ‘आमा’ प्रदर्शन हुँदै

SHARE:

एटा संवाददाता
लन्डन । नेपालको विभिन्न स्थानमा प्रदर्शन भैरहेको नेपाली चलचित्र आमा अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र ‘पशुपतिप्रसाद’ र ‘धनपति’ जस्ता उत्कृष्ट फिल्म बनाएर चर्चा बटुलेका निर्देशक दीपेन्द्र के खनालको नयां चलचित्र ‘आमा’ आउने २२ मार्चका दिन अल्डरसटमा र २९ मार्च सांझ साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लबमा प्रदर्शन गरिन लागिएको हो । सो चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, मनिष निरौला आदि कलाकारहरुको प्रमुख भूमिका रहेको छ ।

उक्त फिल्म यूकेमा प्रदर्शन गर्ने जिम्मा के.के. फिल्मस् एण्ड मिडियाका निर्देशक एवं सञ्चारकर्मी कुशल श्रेष्ठले पाएका हुन् । आफू पनि यही क्षेत्रमा भएकाले स्तरिय चलचित्र विदेशमा प्रवर्धन गर्न र आमा जस्तो उत्कृष्ट चलचित्र हरेक नेपालीले हेरुन् भन्ने सामाजिक दायित्व सम्झेर यस फिल्म प्रदर्शनको जिम्मा लिएको कुशलले बताए ।

श्रेष्ठले यसअघि बेलायतमा अनमोल केसीको डेब्यू चलचित्र ‘होस्टेल’, आर्यन सिग्देलको ‘के म तिम्रो साथी बन्न सक्छु’, नम्रता श्रेष्ठको ‘मौन’, ‘झोले’ लगायत आधा दर्जन चलचित्र सफलतापूर्वक देखाइसकेका छन् । उनले ति चलचित्र प्रदर्शनबाट संकलित रकम विपन्न चेपांग समुदायका विद्यार्थी एवं ‘आमाको घर’ वृद्धाश्रमलाई प्रदान गरेका थिए ।

२९ मार्चमा ह्यारो बरो फुटबल क्लबमा हुने प्रदर्शन मगर महिला संघ वेम्ली शाखाको आयोजनामा हुनेछ भने संयोजन रस्मिता दर्लामीले गरेकी छन् साथै २२ मार्च अल्डर्सट शो को लागि रिता क्षेत्री र रोमियन लिम्बुको संयोजनमा प्रदर्शन गरिने भएको छ । फिल्म लन्डनको प्लमस्टेड, रेडिंग लगायत अन्य शहरमा पनि देखाउने तयारीमा रहेको श्रेष्ठले जानकारी दिएका छन् । रोजीहिरा फाउण्डेशन, इनास ग्लोवल, बुद्ध फाउण्डेशन यूके, क्याट यूके, नेपाली भाषा तथा साँस्कृतिक केन्द्र बन्र्टओक जस्ता संस्थाले चलचित्र प्रवद्र्धनका लागि सहयोग गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!