धरानेको ‘सानो संसार’ म्युजिक भिडियो सार्वजनिक

SHARE:

रोशन मेवाहाङ –
धरान  । गायक मनोज महोत्तेको स्वर रहेको ‘सानो संसार’ बोलको म्युजिक भिडियोलाई इनलाई क्रेशन रेकर्डसले आफ्नो सामाजिक  संन्जाल युट्युव मार्फत  सार्वजनिक  गरेका छन् ।

मोफसलमा रहेर कलाकारितामा संघर्ष गरिरहेका पाभेल उदास र अदिती लामाको प्रमुख फिचरिङ्ग रहेको भिडियोमा बालकलाकार साम्फोङ राईको अभिनय रहेको भिडियोलाई भिषन योन्जनले निर्देशन तथा सम्पादन गरेका हुन् ।

लामो समय देखि पूर्वको सुन्दर सहर धरानबाट सांगितीक क्षेत्रमा लागि रहेका ‘द वकिङ क्लाउट’ को  पहिलो संस्करण ‘मेरो संसारमा’ बाल कलाकार साम्फोङको अभिनयले दर्शकहरुलाई रुझाएका थिए ।

जहाँ रबि पुग्दैनन त्यहाँ कबि पुग्छन भने जस्तै सर्जककालागि सिमानाले छेक्दैन चाहे बुद्ध भुमि चाहे युद्धको भुमिमा किन नहोस् यदि मनमलिलो भयो भने जस्तो ठाउँमा रहदा पनि गीत , संगीत र साहित्यको सिर्जना गर्न सकिने रहेछ । पूर्वी सहर धरानको ‘ द वकिङ क्लाउट’ ले जुन गीतमा आफ्नो प्रियतमलाई मन मुटु भित्र संगालेर मिठो भावनालाई संगीत मार्फत प्रेमको आलापमा त्यो अमर प्रित सारा नेपाली माझ झल्काईरहेका छन् । 

बास्तवममा ति शव्दहरुले मायालुको सुन्दर सहरमा दुनियाले जे भने नि आफ्नो मायालु सगँ समझौतामा सामाना गरेर अघिबढिरहन सकारात्मक संन्देश दिएको अनुभूति गर्न सकिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!