लघु कथा: तृष्णा 

SHARE:

कथाकारः मधुकर गुरुङ
ए माया उठ,  ८ बजि सक्यो आमाले बोलाएको आवाजले मेरो निद्रा खुल्यो । आँखा उघारे, आमाले पर्दा खोलदै हुनु हुन्थ्यो । टिलिक्क टल्किने घामले आंखानै तिर्मिरायो । आमाले बनाएर ल्याएको चिया मेरो साइड टेबलमा थियो ।चिया बाट तातो बाफ उडिरहेको थियो। चिया तातै भएको हुनाले पहिला बाथरुमको नित्यक्रुया सक्काउने निधो गरेर बाथरुम भित्र पसे । म नुहाएर निस्किदा चिया चिसो भई सकेको हुनाले चिया एकै घुट्कोमा सिद्धाए । हुनत चिसो चिया पिउने मेरो पुरानो आदतनै हो ।
म कपडा लगाउदै थिए,  एत्तिकैमा मेरो मोबाईलको घन्टी बज्न थाल्यो । मैले छिटो छिटो कपडा लाउन थाले तर तेतिन्जेल फोनको घन्टी बज्न बन्द भई सकेको थियो । फोन उठाएर हेरे निताको मिसकल थियो। बाल कोरी सके पछि फोन गर्नु पर्ला भनेर म फेरि बाल कोर्न लागे । फोनमा म्यासेज आएको घन्टी बज्यो , निताको म्यासेज  आएको रहेछ , ओए माया तेरो बोय फ्रेन्ड त कोरोनाले लगेछनी  हेर त ? म आत्तिदै म्यासेज ओपन गरे , म छांगा बाट खसेझैं  भए । एकजना बुढामानिसको फोटोको तल  दियो बलिरहेको अनि सबै भन्दा तल हार्दिक श्रद्दान्जली लेखिएको थियो। मैले तुरुन्त नितालाई फोन गरे ,  हेल्लो , उताबाट आवाज आयो , हेल्लो माया तलाई पिछागर्ने त्यो सुड्डो बुडा त स्वर्ग हिनेछनी हगी , होतनी निता बिचरा बुढा त बितेछनी , निता भन्दै थिई , केको बिचरानी तंलाई संधै पिछा गर्दै सताउने बुडो ठिकै भयो ,अब तंलई ढुक्क भयो होइन ? म हक्क न बक्क भए अनि एकोहोरो  टोलाउन थाले, निता हेल्लो हेल्लो भन्दै थिइ म भने अतीत मा जादै थिए । मेरा मानसपटलमा सिनेमाको फ्लासब्याक हरु आईरहेको थियो ।
काम मा जान ढिलो भएको हुनाले म बस छुट्ला भन्ने डरले अलि अलि दगुर्दा दगुर्दै बस छुटी हाल्यो । अब अर्को बस आउन १५ मिनट पर्खनु बाहेक मसङ्ग  कुनै बिकल्प थिएन , मनमनै म आत्तिरहेको थिंए , ह्याडब्याग बाट चुइगम निकालेर खान थाले । बस स्टपको स्क्रीनमा हेरें अर्को बस १५ मिनटमा आउँछ भनेर दिसप्लेमा लेखिएको थियो । म आफ्नै तालमा बस स्टपमा बसिरहेको बेलामा एकजना अन्दाजी ६०, ६२ बर्षको बुडाले बाटो पारिको बेन्चमा बसेर मलाई एकोहोरो घुरेर हेरि रहेको देखे ।
मलाई होकि अरुलाई हो भनेर मेकस्योर गर्न दायाँ बायाँ अघिपछी हेरे कोहि पनी थिएन्  ,  मैले पनि को होला भनेर चिन्ने कोसिस गरे तर कुनै एङ्गलबाट पनि चिनेको जस्तो लागेन । अर्को बस आई पुग्यो अनि म बसमा चढें अनि दाहिने साइडको सिट खाली थियो त्यो सिटमा बसे , अनि बाहिर हेरे त्यो मानिसले अझै सम्म पनी मलाई हेरिनै रहेको थियो एत्तिकैमा बस हिन्यो त्यो बुढाले मलाई बस ओझेल नहोउन्जेल हेरिरहेको थियो ।
आज अन्दाजी एक महिना भई सकेको थियो  त्यो बुढाले मलाई बेन्चमा बसेर एकोहोरो  हेर्न थालेको , मैले यो कुरा निता सङ्ग्पनी सेयर गरेको थिंए । निता र म एकै फर्ममा जब गर्ने थियौ उ मेरो असाध्य मिल्ने साथी थियौ  , एकदिन निताले मलाई जिस्काउदै भनेकी थिइन्  , हेर माया तं पच्चीस बर्षको भई सकिस तं धेरै राम्री पनी छस तर तँलाई मनपराएर हुरुक्कै हुने केटाहरू कतिछन कती तर तैले कसैलाई पनि हेर्दैनस तेहि थाहापाएर बुढाले तंलाई  लाईनमारेको  हो बुझिस ? मैले भने , नकरा तं धेरै ।
एक दिन त बुढाले हद नै पार गर्यो , म काम बाट घर आंउदै थिंए , जब म बस बाट ओर्लिए अनि घरतिर जादै थिए पछी बाट तृष्णा भनेर बोलाएको सुने म पछि फर्केको त बुढाले हातमा एउटा चिटिक्क परेको गिफ्टको प्याकेट्र एउटा कार्ड र एउटा गुलाबको रातो फुल हातमा समाएर मेरो बाटो छेकेर मलाई दियो , अचानकमा दिएको हुनाले मैले पनि केही सोंच्ने मौका नै  पाईन । मलाई बेस्सरी रिस उठ्यो अनि मैले त्यो गिफ्ट जोडले बाटोमा फ्याकिदिए अनी म त्यांहा बाट हिडें ।
भोलि पल्ट म घर बाट अलि छिटो निकलिएं किनकी मैले त्यो बुढालाई बेस्सरी झपार्ने अठोट गरेको थिंएं म बस स्टपमा गएर बेन्चमा हेरे तर त्यो दिन बूढो आएन , मनमनै भने मैले बुढोको गिफ्ट फालेर ठिक गरे नत्र मलाई अझै पिछा गर्ने थियो ,  भोलि पल्ट पनी बूढो आएन अनि पुरै हप्ता आएन ।  विकेन्ड बित्यो अनि मन्डे फेरि घर बाट निक्लिएं बाटोमा बुढा लाई सम्झिए मलाई अचम्म लागि रहेको थियो  मनमा एकप्रकारको कौतुहल जागिरहेको थियो किन होला त्यो बूढो नाअएको ? कता गयो होला ? मैले बेक्कारमा उसलाई अपमान गरेछु , राम्रो मुखले सम्झाउनु पर्ने थियो मैले भन्नू पर्ने थियोकी अंकल म हजुरको छोरीको उमेरको हो हजुरले यसरी मेरो पिछा गर्नु राम्रो होइन अब देखि यसरी पिछा नगर्नु है ! तर मैले उस्को धेरै मन दुखाएको रहेछु ।ठिकै छ अब मैले भेटे भने राम्रो सङ्ग सम्झाउने छु ।सोंच्दै थिएं एत्तिकैमा फोनको घन्टी फेरि बज्यो  अनि म झसङ्ग हुँदै भने  हेल्लो निता , हेल्लो , ए माया के सोंच्दै छस हं तैले ? फोन पनि उठाउदैनस त तैले किन हो ? हं ! बुढा सङ्ग तेरो लभ त परेको थिएन ? किन पिर गर्छस तैले ?  हं ? मेरो एक पटक राम्रो सङ्ग सम्झाउने धोका मनमै रह्यो मैले अपमान गरेर ठूलो भुल गरेछु मलाई धेरै पछुतो लागि रहेको थियो अनि मैले त्यो बुढाको बारेमा थप जानकारी लिने मनसायले घर बाट निकलिए । म तेहि बस स्टपमा पुगेर बाटो पारीको घर अगाडी गएर कोहि मानिस घर बाट निकलन्छ कि भनेर कुरी बसे करिब १० मिनट पछी एकजना बृद्ध ढोका बाट बाहिर निस्कियो मैले मोबाईल बाट फोटो देखाउदै भने , बाजे तपाईले वहाँ लाई चिन्नु हुन्छ ? चिन्छु नि नानी । मेरो गाउले भाइ हो उ बिचरा हिजो हस्पिटलमा बित्यो । के भएर बितेको हो बाजे ? कोरोनाले हो ? होइन नानी उ त हार्ट अट्याक भएको हो , तपाईको नाता पर्ने होर नानी ? मेरो मुख बाट  अनायासै हो भन्न पुगेछु । ए तेसो हो भने हिन न माथी उन्को मिसेस लाई भेट न त भन्दै उ घर भित्र पस्यो म पनि भारी मन लिएर बाजेको पछी पछी लागे । फस्ट फ्लोर को फ्लाट नम्बर ७ मा हामी भित्र गयौं  ।बैठक कोठामा एउटा कुनामा बुढाको फोटो अनि फोटोमा ताजा फुलको माला फोटोको अघि फलपुल अनि दियो र अगरबत्ती बलिरहेको थियो ।
 एकजना बुढिमहिला  एउटा कुनामा रुदै बसिरहेकी थिइन मेरो नजर भित्तामा झुन्डिएको एक युबतीको फोटोमा ठोक्किन पुग्यो उक्त फोटो मेरो उमेरकै युबतीको थियो अनुहार पनी म सङ्ग धेरै मिल्दो जुल्दो थियो  मैले त्यो फोटोलाई इङ्गित गर्दै सोधे , बाजे त्यो कस्को फोटो हो ? ए त्यो फोटो उहाँ हरुको कांछी छोरीको हो दुई महिना अघि क्यान्सरले बित्यो म छांगा बाट खसेझै भए  मेरा आँखा रसाउदै आयो तर आँसु रोके । बाजे भन्दै हुनुथ्यो , नानी यो भाइ उस्को छोरी बिते पछी पागल जस्तै भएको थियो , मोरेको छोरीलाई पनि बिहाना बिहाना घर बाट भेट्न भनी दिनदिनै बस स्टप जाने थियो एक हप्तापहिला छोरीको जन्मदिन्को लागि भनेर गिफ्ट कार्ड र फुल लिएर छोरीलाई दिन भनेर बाहिर गएको थियो तेहि दिन भाइलाई हार्ट अट्याक भएर हिजो बित्नु भयो भन्दै कुर्सी बाट उठेर  टेबलमा राखिएको गिफ्टको प्याकेट कार्ड र सुकेको फुल मलाई देखाउदै भन्नू भयो यहिहो गिफ्ट  उस्ले छोरीको लागि किनेको मैले आँसु थाम्नै सकिन मेरा आँखा बाट बलिन्द्र धारा आँसु बग्न थाल्यो म रुदै त्यो गिफ्ट लाई छातिमा च्यापेर बेस्सरी रोए । रुदैं भने ,उहाँ ले मलाई भेट्न दिनदिनै बस स्टपमा आउनु हुन्थ्यो यो गिफ्ट पनि मलाई दिनु भएको थियो तर मैले चिन्न सकिन म सानै छंदा मेरो बुबा बितेको  हो तर भगवानले मलाई बुवा पठाई दिनु भएको थियो तर म अभागीले चिन्न सकिन भन्दै बेस्सरी रोएं , मैले गिफ्ट खोले अनि कार्ड पनि खोले , कार्डमा लेखिएको थियो ,  जन्मदिनको  सुखद उपल्क्ष्यमा  तिम्रो सुस्वास्थ्य अनि दिर्घायुको  हार्दिक मङ्गलमय सुभकामना !!! मेरी प्यारी छोरी तृष्णा  ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!