गायक राजु लामाको ‘आशाको किरण’

SHARE:

रोशन मेवाहाङ्ग –
लण्डन ,बैशाख १७ । चर्चित ब्याण्ड मंगोलियन हर्टका राजु लामाले ‘आशाको किरण’ बोलको गीत आफ्नै सामाजिक सञ्जाल युट्युब च्यानलमार्फत सार्बजनिक गरेका छन्। विश्वभर कोरोनाको संक्रमणबाट उठ्न खोजिरहेको बेला गायक लामाले आफ्नो  तर्फबाट पनि केहि सकरात्मक सन्देश स्वरुप एउटा मिठो गीत सार्बजनिक गरेका बताए ।

गीत संगीत मनोरन्जनकालागि मात्र होइनन् मेडिटेशन पनि हो , बाच्नकालागि गन्तव्यको क्षितिज सम्म डोर्याएर  सुनौलो आशाको किरण देखाई दिन्छ जसले जीवन जिउन उत्साह जगाउँछ । गायक लामाले रचनामा   यस्तै बिम्ब प्रयोग गरेका छन् । लक्डाउनले संसार सुनसान र सबै सडकहरु  खुल्ला भएपनि  प्रकृतिले आफ्नो जिम्मेवार कहिले बिर्सेका छैनन् । बसन्त ऋतुको आगमन सँगसँगै संसारलाई सुन्दर धपक्क सजाई रहेकै छन् । अर्को तर्फ  लाखौ मानिसहरु  होम क्वारेन्टाइन र अस्पतालको शैयाबाट पर्खिरहेका छन् । केवल एउटै आशाको किरण नयाँ जीवन । निलो आकाश घमाईलो देखिए पनि मंदमंद बतासमा आफ्नै रफ्तारमा हिडिरहेको समयको बयान गरेका छन् ।
गायक तथा रचनाकार लामाको शब्द संगीत र मिठो आवाजमा रहेको यस सुन्दर गीतलाई  संजाल भण्डारीको   संगीत संयोजन   रहेको छ । उक्त गीतलाई  संजीत श्रेष्ठले छायाँकन गरेका छन्  भने निश्छल भण्डारीले भिडियो सम्पादन गरेका हुन्  ।   

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!