
धर्तीमा १०० प्रतिशतमा ९८ प्रतिशत मान्छेले जीवनलाई सदुपयोग गर्न जानेको हुँदैन । जीवन उपभोग गर्न जानेको हुँदैन । जीवनलाई उठाउन जानेको हुँदैन । हरेक समस्या र अवसरमा उसले अवसरलाई छनोट गर्न सक्दैन । जीवनलाई समस्याको रुपमा मात्र लिन्छ । उसले जे गर्दा पनि समस्यामात्रै देख्छ । ‘काँडा र गुलाब’ सँगै आउँछ । तर गुलाबलाई हेर्दैन, काँडालाई हेरेर दुखी हुन्छ । त्यसैले जीवनलाई जसले बुझ्न सक्छ, त्यो मान्छेले जीवनको साइज बढाउँदै बढाउँदै सफलता र शक्ति अनि दु:खबाट मुक्तिको बाटो रोजेर बिन्दास जीवन बिताउँछ । तर जो मान्छेले दु:ख र सुखमा दु:ख रोज्छ, समस्यालाई देख्छ, जो मान्छेले काँडालाई मात्र हेर्छ, गुलाबलाई देख्दैन । त्यस्ता मान्छे जीवनमा कहिले पनि शक्तिशाली र सफल हुँदैनन् । उनीहरु सँधै दु:खमा, सधैँ पीडामा बाँचिरहेका हुन्छन् । उनीहरु भविष्य सम्झिँदा कहालिन्छ र वर्तमानमा दुखित हुन्छ र विगतप्रति पश्चतापमात्रै हुन्छ । ती मान्छेहरुले जीवन र जगतप्रतिको दृष्टिकोण कुनै परिवर्तन, कुनै उज्यालो हुँदैन । फलस्वरुप उनीहरु पतन हुन्छन् या सफल हुँदैनन् । तर हामीले दृष्टिकोणका कारण जीवनमा राम्रो हुन्छ । त्यसैले हामीले जहिल्यै पनि सकारात्मक सोच, सकारात्मक व्यवहारको विकास गर्नुपर्छ । त्यसका लागि साधना गर्नुपर्छ । जीवन दर्शन अध्ययन गर्नुपर्छ भनेर हामीले भन्दै आएको । यही नै हो जीवनको विकल्प ।
धर्तीमा २ प्रतिशत मान्छेहरु शक्तिशाली, सफल र महान् हुन्छन् । उनीहरु बाँचुञ्जेलसम्म जीवनलाई अधिकतम सदुपयोग र उपयोग गरेर मस्ती तरिकाले बाँचिरहेका हुन्छन् ।






