कुमार लिङ्देन
झन्डाको बारेमा बहस हुनै पर्छ । किनकि राजतन्त्र हट्यो, गणतन्त्र आयो, राष्ट्रिय गान परिवर्तन भयो, धर्मनिरपेक्षता र संघीयता लागू भयो । तर समुदायलाई नै इंगित गरेर बाहुन क्षेत्री शरणार्थी यो, बाहुन क्षेत्रीलाई खेद्न पर्छ भन्ने कुरा गलत, अराजनीतिक कुरा हो |
आदिवासीले बाहुन क्षेत्री खेदने, बाहुन क्षेत्रीले आदिवासी खेद्ने कुरा वाहियात, हाँसोलाग्दो र घिनलाग्दो कुरा हो |
२१औं शताब्दीमा यस्तो हासोउठ्दो कुराहरुलाई राजनैतिक एजेन्डा बनाउनु हुँदैन, बाहुन क्षेत्रीले आदिवासीको रौ पनि हल्लाउन सक्दैन र आदिवासीले पनि बाहुन क्षेत्रीको रौ पनि हल्लाउन सक्दैन र सक्नु पनि हुँदैन । यसरी समुदायलाई नै इंगित गरेर राजनीतिक एजेन्डा बन्नु हुँदैन ।
तर फेरि पनि देशभित्र आफ्नो अधिकारका लागि अन्तिम श्वास रहिन्जेल लडाई जारी रहन्छ । लिम्बुवान लगायत १० +१ प्रान्तको लागि आफ्नो लडाइँ निरन्तर जारी रहन्छ ।
हामीले बारम्बार भनेका छौं -गोलमेच सम्मेलन गरिनु पर्छ, उक्त सम्मेलनमा झन्डा, गाई/गोरु ,१०+१ प्रान्तको बारेमा सहमति खोज्ने कोसिस गरिनु पर्दछ |
सह -अस्तित्व, सहमति, गोलमेच सम्मेलनहरु नै हो नेपाली राजनीतिको निकास बिन्दु, बाहुन नेताहरुको भ्रस्टचार, अकर्मन्यताको जमेर बिरोध गर्ने, गरिन्छ तर बाहुन समुदायलाई नि सिध्याउने कुरा गर्ने हो भने हामी पनि अर्को खतरनाक बाहुन हुन्छौं |






