हुम तमु
पोखरा ५ असोज । नेपाली मौलिक लोक सँस्कृति र साँस्कृतिक नृत्यहरुको संरक्षण एवम प्रर्बद्धनको लागि कार्यरत पोखरा न्युरोडस्थित स्टार्स स्टुडियो प्रालि.ले आफ्नो चौथो वार्षिकोत्सवमा आयोजित खुल्ला कविता प्रतियोगिताका दश उत्कृष्ठ कविता छानिएका छन् ।
कोभिड १९ कोरोना भाइरसको महामारीको पिडाको बिच स्टार्स स्टुडियोले अनलाइनबाटै सिर्जनात्मक ढंगले नेपाली लोक सँस्कृतिको संरक्षण र सम्वद्र्धन भाव भएको मौलिक कवितालाई विशेष महत्व दिने गरी आयोजित कविता प्रतियोगिताका ९८ प्रतियोगी मध्ये उत्कृष्ठ १० छानिएका हुन। उक्त उत्कृष्ठ दशबाट स्थापना दिवस असोज ७ गते प्रथम, द्धितिय, तृतिय र २ वटा सान्त्वना छनौट गरी पुरस्कृत गरिने भएको छ।
उत्कृष्ट दश प्रतियोगी मध्ये सिक्किमकी निलम गुरुङ, पर्वतका तारानाथ आचार्य, कास्कीकी ऋषि ढुंगाना, भारतका नारायण काफ्ले, धादिङका महान त्यागी, लमजुङका कुमार तामाङ, कास्कीका छबिलाल आचार्य, कास्कीकै गोपाल खनाल, कास्कीका मदन घिमिरे, लमजुङका विबेचन घिमिरे रहेका छन् । प्रतियोगितामा सहभागीहरुले नेपाली लोक सँस्कृतिको संरक्षण र सम्वर्द्धन भाव भएको मौलिक कविता वाचन अडियो भिडियो र एक प्रति स्पष्ट लेखिएको कविता पठाएका थिए । उक्त उत्कृष्ठ १० घोषित कवितालाई युट्युब मार्फत प्रसारण गरिने स्टार्स स्टुडियो संचालक चलचित्र निर्देशक, निर्माता जसु गुरुङले जानकारी दिए ।
खुल्ला कविता प्रतियोगिताका विजेताले १० हजार, दोश्रोले ७ हजार, तेश्रोले ५ हजार, सान्त्वना दुइजनाले ३÷३ हजार रुपैयासहित प्रमाणपत्रबाट पुरस्कृत हुने संचालक गुरुङले बताए ।
प्रतियोगिताका लागि युके निवासी समाजसेवी योगेश/मिना गुरुङ, तेर्सापट्टि निवासी सरोज शाक्य,चलचित्र अभिनेतृ प्रतिक्षा गुरुङ, अंकिता मल्ल,अभिनेता डिवी गुरुङ,समाजसेवी साउदी अरबमा कार्यरत ओम घले, नायिका सविना गुरुङ, नायिका एलिना गुरुङ, सनम गुरुङ,साहित्यकार दाजु गुरुङ, कलाकार राजेन्द्र थापा लगायतको सहयोग रहेको गुरुङले बताए ।






