काठमाडौं ८ असोज । भारतमा हुने बार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला यस बर्ष नहुने भएको छ । यस बर्ष यही आगामी नोभेम्बर २० देखि भारतको गोवामा ५१ औँ संस्करणको मेला आयोजना गर्ने तय भएको थियो ।
भारतमा कोरोना भाइरसको महामारी फैलिने क्रम नरोकिएकाले यस बर्ष मेला आयोजना गर्न सकिने संभावना कम देखेर सारिएको अधिकारीहरुले जनाएका छन् ।आयोजकहरुको आधिकारीक ट्वीटर हेन्डलमार्फत् कार्यक्रम सारिएको बारेमा जानकारी गराइएको हो ।
विगत पाँच दशकदेखि हुदै आएको भारतको बहुप्रतिष्ठीत बार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला यस बर्ष नोभेम्बर २० देखि २८ सम्म आयोजना गर्ने तय भएको थियो ।






