नेपालमा सक्रिय संक्रमित २५ हजार नाघ्यो

SHARE:

काठमाडौं २१ असोज । नेपाल देशभरमा बुधबार तीन हजार ४३९ संक्रमित थपिएसँगै कुल सक्रिय संक्रमितको सङ्ख्या २५ हजार सात पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ६८४ संक्रमित थपिएको जानकारी दिए । उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौँमा एक हजार २९६, भक्तपुरमा ९५ र ललितपुरमा २९३ रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १४ हजार २०९ नमूना परीक्षण भएको थियो । हालसम्म ११ लाख १३ हजार ४८५ नमूना परीक्षण भइसकेको छ ।

देशभरमा पछिल्लो २४ घण्टामा एक हजार १२६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या जम्मा ६८ हजार ६६८ रहेको छ । यो जम्मा संक्रमितमध्ये ७२ प्रतिशत हो । देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या चार हजार १६४ रहेको छ । देशभर सक्रिय संक्रमितमध्ये १० हजार ५९६ संस्थागत आइसोलेसन र १४ हजार ४११ होम आइसोलेसनमा रहेका छन् ।

प्रवक्ता डा गौतमले काठमाडौँ उपत्यकालगायत देशभरमा संक्रमितको सङ्ख्या दैनिक बढिरहँदा बिरामीले आफूलाई पायक पर्ने स्थानमा अस्पतालको शैय्या नपाउने अवस्था भएको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!