दसैं पर्वको सुधारणीय पक्ष

SHARE:

विजय हितान
दसैं मान्ने नमान्ने विषयमा आ-आफ्नै तर्क वितर्कहरू छन् । दसैंका ऐतिहासिक तथा धार्मिक कारणहरू जेजस्ता भए पनि यसको पारिवारिक तथा सामाजिक महत्वका कारणले गर्दा म दसैंलाई मनाउँछु । मेरो बाजेले गाउँको कोतमा हुने दसैं कार्यक्रमको नेतृत्व गर्नुहुन्थ्यो । बुवाले पनि दसैं कहिल्यै पनि मनाउन हुन्न भन्नु भएन ।

दसैंले पारिवारिक मेलमिलाप, सामाजिक सद्‍भाव र राष्ट्रिय एकता कायम गरेको मैले महसुस गरेको छु । हो, भारतमा पनि दसैं मनाइन्छ तर सामान्य रूपमा । तर हामी नेपालमा यसलाई मौलिक तर भव्य अनि एक राष्ट्रिय पर्वको रुपमा मनाइन्छ । भारतमा दिपावली, पश्चिमा मुलुकमा क्रिसमस भनेजस्तै नेपाल जस्तो स्यानो मुलुकमा हामी दसैं मनाएर विश्वमा भिन्न पहिचान स्थापना गरेका छौं ।

अझ यसलाई सरकारले मानकीकरण गरेर सर्वसाधारणलाई सजिलो तुल्लाइदिएको छ। भारत, बेलायत, ब्रुनाइ, सिंगापुरका गोर्खा पल्टनहरूमा पनि यस पर्वलाई अझ विधिवत् तरिकाले मनाइने हुनाले यसको विश्वव्यापीकरण भएको छ ।

असत्यमाथि सत्यको विजय प्रतिक र आफूभन्दा अग्रज अभिभावकद्वारा आशीर्वाद ग्रहण गर्ने संस्कारको रूपमा दसैंलाई अहिले लिइन्छ । हो म मान्दछु यसका आफ्नै कुरीति र कमजोर पक्षहरू पनि छन् जसलाई सुधार गरेर लाग्नुपर्ने छ ।
– पशु बलिदिने चलनलाई तुरून्तै सरकारले नै कानुन बनाएर रोकिन पर्छ
– दश दिनसम्म ऊत्सव नमनाएर तिन दिनमा झारिनु पर्छ
– दशैमा दिइने लामो सार्वजनिक बिदालाई घटाएर तीन दिन गराइनु पर्छ (यसरी बिदालाई घटाइँदा दसैंमा मातेर हिंड्ने, पैसा खर्च हुने जस्ता नराम्रा चलन पनि हराएर जान सक्छन्)
-दसैंमा कर्मचारीलाई बोनस दिइनु हुँदैन, अझ सांसद तथा मन्त्रीलाई बोनस भनेको सुन्दा त म पत्याऊनै सक्दिनँ, यो त राज्यढुकुटीको दोहन नै हो (आर्थिक ऊन्नति गरेर पहिलो विश्वको राष्ट्र हुनसके वल्ल दसैं बोनसजस्ता सुविधा दिएको सुहाउँछ)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!