नेपाल चलचित्र कलाकार संघ यूकेको वार्षिक साधारणसभा

SHARE:

लन्डन मंसिर ९ । नेपाल चलचित्र कलाकार संघ यूकेको वार्षिक साधारणसभा सम्पन्न‍ भएको छ ।

नोभेम्बर १७ मा संस्था स्थापना भएको एक वर्ष पूरा भए पनि कोरोना भाइरस संक्रमणका कारण ढिला गरी जुममार्फत कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका केन्द्रीय अध्यक्ष प्रमुख उपस्थिति थियो ।

नेपाल चलचित्र कलाकार संघ यूकेका उपाध्यक्ष सुरेशराज पाठकले सञ्‍चालन गरेको कार्यक्रममा संस्थाले गरेको कामप्रति वक्ता तथा पदाधिकारीहरुले खुसी व्यक्त गर्दै बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चलचित्र कलाकार संघ यूकेकी अध्यक्ष रोमियन लिम्बु केसीले बेलायतमा चलचित्र कलाकारको जन्म हुँदै गर्दा धेरै उद्देश्यहरु भए तापनि यो विषम परिस्थितिले गर्दा धेरै काम गर्न नपाए तापनि गरेका कामहरुको देन सम्पूर्ण सदस्यहरुमा जाने र उहाँहरुकै साथ र सहयोगले आफू काम गर्न सफल भएको भन्दै धन्यवाद व्यक्त गरिन् ।

उनले कोभिड १९ अन्त्यसँगै आफ्नो क्राइट एरियाको अनुशरण गरी आगामी दिनमा केही प्रोजेक्ट गर्ने जानकारी दिइन् । यूकेमा अग्रज तथा नवकलाकार जोकोही हुनुहुन्छ सम्पूर्ण एक हुन जरुरत रहेको भन्दै उनले सम्पूर्णमा एकताबद्ध भइ काम गर्नसमेत अनुरोध उनले गरेकी छन् ।

कार्यक्रममा केन्द्रबाट अध्यक्ष रविन्द्र खण्डका, सदस्य धर्वेन्द्र आचार्य, सल्लाहकार विपिन निरौला, शिवजी भण्डारी, रविन गुरुङ, प्रवेश केसीको उपस्थिति थियो । त्यस्तै FAAN Uk का उपाध्यक्ष सुरेशराज पाठक, ध्रुव दत्त, कोषाध्यक्ष इन्द्र लिम्बु, सहकोषाध्यक्ष शन्तकुमार राई, सचिव सिर्जना निङ्लेकु, सदस्यहरु सन्तोष राई, प्रतिभा हुतराज, प्रतीक हुतराज र मनसुधन थापामगर सहभागी थिए ।

त्यस्तै गोर्खा मिडिया डटकमका डाइरेक्टर मिलन तमु सहभागी थिए । कार्यक्रममा चलचित्र कलाकार र संघका सदस्यहरुले नेपाली दूतावास लन्डनमा चलचित्र उत्सव भनेर मनाइएकोमा खेद प्रकट गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!