लन्डन मंसिर १४ । बेलायतका पहिलो नेपाली काउन्सिलर धन किरण गुरुङको स्वर, शब्द, साथै संगीत रहेको अति नै मिठो गीत ‘तिमी र म’ रिलिज भएको छ ।
डीजी प्रोडक्सन यूके डिजिटल साउण्ड एण्ड भिजन युट्युव च्यानलबाट शुक्रबार ‘तिमी र म’ बोलको म्यूजिक भिडियो दर्शक महानुभावहरूमाझ ल्याइएको हो । जीवनका पलहरुमा आफूले सोंचेको सपनाहरु सधैं पूरा नहुन पनि सक्छन्, आफूले बनाएको मित्रता अनि साथी अवश्य पनि मायामा परिणत हुने धेरै भनाइ छन् । तर केही परिस्थिति र समयको मागले मायाको यति ठूलो आशा र भरोषाहरु जिन्दगीको गोरेटोहरूमा निरासामा बदलिने चित्रण गरिएको उक्त म्यूजिक भिडियो डीजी प्रोडक्सन यूकेले बजारमा ल्याएको हो । यसको निर्माता श्रीमती अल्का गुरुङ हुन् । सो म्यूजिक भिडियोमा चर्तित नायक ध्रुव दत्त र मोडेल रिया लिम्बुले दमदार अभिनय गरेका छन् ।
सोही म्यूजिक भिडियोको निर्देशन बेलायतका चर्चित यूवा निर्देशक प्रभु गुरुङले गरेका छन् भने क्यामरामा सुमन श्रेष्ठ, ईडिटर सुशील गुरुङ, मेकअप आर्टिस्ट पुष्पा गुरुङ साथै कलर ग्रेडिङमा नबिन निरौला रहेका छन् ।






