गण्डकीकी चेली एलिना गुरुङलाई नेपाल स्टार उपाधि जिताउन समिति गठन

SHARE:

हुम तमु
पोखरा १८ मंसिर । सिगिङ रियालिटी शो वाई वाई नेपाल स्टारकी प्रतिस्पर्धी गण्डकीकी प्रतिभावान चेली एलिना गुरुङलाई ३० लाख रुपैयाँ पुरस्कारसहितको उपाधि जिताउन एलिना गुरुङ जिताऔं समिति गठन भएको छ ।

पोखरामा बिहीबार सम्पन्न विभिन्न सांगीतिक, सांस्कृतिक क्षेत्रका क्रियाशील संघ संस्था लगायत, सामाजिक संस्थाका अगुवाहरु, एलिनाको शुभचिन्तकहरुको भेलाले हिमाली सांस्कृतिक परिवारका अध्यक्ष, वरिष्ठ संस्कृतिकर्मी मेनकाजी गुरुङको संयोजकत्वमा १९ सदस्यीय एलिना गुरुङ जिताऔं समिति, ३ सदस्यीय संरक्षक समिति र १८ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो ।

कास्की जिल्ला, मादी गाउँपालिका वडा नं. २ कलाकारै कलाकारको गाउँ भनेर चिनिने ताङतिङ गाउँ भई पोखरालाई निवासी एलिना गुरुङ नेपाल टेलिभिजनबाट हरेक शनिबार प्रसारित हुने गायन रियालिटी शोको टप टेन नजिक पुगेकाले प्रतिभाको प्रोत्साहनका साथै उपाधि जिताउन गठित समितिको सहसंयोजकमा पोखरेली गायिकाहरुको संस्था हार्मोनीकी अध्यक्ष इतु जोजिजु, सचिवमा तमु सञ्चारकर्मी संघ नेपालकी महासचिव एवम् मादी न्युज डटकमकी सम्पादक रोशनी गुरुङ, आर्थिक विभाग प्रमुखमा कुमारी गुरुङ, प्रचार विभाग प्रमुखमा खिमा गुरुङ, संघसंस्था समन्वय विभाग प्रमुखमा गायक खिमबहादुर गुरुङ र विदेश समन्वय विभाग संयोजकमा टेकन गुरुङ चयन भएका छन् ।

यसरी नै सदस्यहरुमा केशबहादुर गुरुङ, सानु जोजिजु, हिमाल गुरुङ, सु.मन्त्रीजंग गुरुङ, दुर्गा गुरुङ, हिमाल गुरुङ, रमेश गुरुङ, बालकाशी गुरुङ, गौरी गुरुङ, रोशन गुरुङ, पूर्णिमा गुरुङ, राजबहादुर गुरुङ र सन्तोष बस्याल रहेका छन् ।

भेलाले समितिको अभिभावकत्व प्रदान गर्नका लागि संरक्षकहरुमा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ श्याम र बरिष्ठ संस्कृतिकर्मी मनकुमार श्रेष्ठलाई चयन गरेको छ ।

यस्तैगरी एलिना गुरुङ जिताऔं अभियानलाई सशक्त बनाउन समितिलाई आवश्यक सरसल्लाह, सुझाव र सहयोगका लागि विभिन्न क्षेत्रका अगुवाहरु रहेको सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकारहरुमा सुमे. हेमप्रसाद गुरुङ, क्या.सम्शेर गुरुङ, सुमे टोकबहादुर गुरुङ, पदमराज ढकाल, प्रकाश ज्ञवाली, सुरेन्द्र गुरुङ, शंकर विरही गुरुङ, नवराज वराल, विनित जोजिजु, पवित्रा गुरुङ, गोरे गुरुङ, रामचन्द्र गुरुङ, धनश्याम रिजाल, एक्काजंग गुरुङ, भोजबहादुर गुरुङ, शान्ति गुरुङ, टेक क्षेत्री रहेका छन् ।

गण्डकीकी प्रतिभावान चेली एलिना गुरुङलाई उपाधि जिताउन एलिना गुरुङ जिताऔं समिति घोषणा गर्दै वरिष्ठ संस्कृतिकर्मी मनकुमार श्रेष्ठले एलिना गुरुङको गायन प्रतिभाका साथै समितिको प्रभावकारी अभियानले नेपाल स्टार एलिना गुरुङ नै हुने दाबी गरे । गायन रियालिटी शोहरुमा पोखरेलीहरु दुर्गा परियार, रितु लामा, सिडी विजय अधिकारी, बुद्ध लामालाई जिताएका छौं अब एलिनालाई जिताउँछौं, उनको दाबी थियो । श्रेष्ठले थपे, एलिना गुरुङलाई उपाधि जिताउन जिल्ला जिल्लाहरु, कलेजहरु हुँदै नेपाल बाहिरका धेरै देशमा सहयोग समितिहरु गठन गरी भोट र आर्थिक सहयोगका लागि आग्रह गर्दछौं ।

अभियन्ता कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ संस्कृतिकर्मी मेनकाजी गुरुङले प्रतिभावान चेली एलिनालाई उपाधि जिताउन स्वदेश तथा विदेशमा अभियान, सबैको साथ सहयोगका लागि आग्रह एवम् पहल गर्न अनुरोध गरेका थिए भने कार्यक्रम सञ्चालन पत्रकार रोशनी गुरुङले गरेकी थिइन् ।

नेपाल स्टारको उपाधि जित्नेले ३० लाख रुपैयाँ र टप ४ मा पुगेका प्रतिस्पर्धीहरुले जनही ५ लाख रुपैयाँबाट पुरस्कृत हुने जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!