कृष्णभक्त राईको नयाँ गीत ‘काडाँ जति आफूलाई…’ (भिडियोसहित)

SHARE:

काठमाडौं । गायक तथा सङ्गीतकार कृष्णभक्त राई नयाँ गीत लिएर श्रोतामाझ आएका छन् । गीतकार डा. दुबसु क्षेत्रीको रचना रहेको ‘काँडा जति आफूलाई फूल अरु कसैको, दोष सधैँ आफूलाई भूल अरु कसैको’ बोलको गीत लिएर गायक राई श्रोतामाझ आएका हुन् । उक्त गीतमा राई स्वयंको सङ्गीत तथा स्वर रहेको छ । गीतको भिडियो गायक राईको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

डा. दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठानका लागि पुनम सुवेदी क्षेत्रीद्वारा प्रस्तुत म्युजिक भिडियोको छायाङ्कन तथा निर्देशन गायक तथा सङ्गीतकार राईका जेठा छोरा अकिल राईको रहेको छ भने कान्छा छोरा मनसुन राईले स्वस्तिका लिम्बूका साथ मोडलिङ गरेका छन् । भिडियोमा युवा उमेरमा हुने माया प्रेमको उतारचढावको कथा बुनिएको छ । गीत स्टुडियो किङमा रेकर्डिङ गरिएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!