गुरुङ चलचित्र भ्रें को मुनाफाबाट ५ लाख सामुदायिक भवनलाई

SHARE:

कास्की माघ १३ । ब्रेज मेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा बनेको पहिलो गुरुङ कथानक चलचित्र ‘भ्रें’ को मुनाफाबाट ५ लाख रुपैयाँ निर्माणाधीन रोधी क्लब सामुदायिक भवनलाई सहयोग गरिएको छ ।

चलचित्र निर्माताहरु युक्तमान गुरुङ (मोफसल), शरद गुरुङ (कालु), स्वर्ग गुरुङ र विमल गुरुङको निर्णयमा घान्द्रुकमा निर्माणाधीन सामुदायिक भवनलाई प्रोडक्शन म्यानेजर अमृत गुरुङको नेतृत्वमा आइतबार आर्थिक सहयोग गरेको हो । चलचित्रका प्रोडक्शन म्यानेजर अमृत गुरुङले निर्माताहरु बाह्य मुलुकमा रहेको बताउँदै आफूहरुको रोहवरमा सहयोग गरेको बताए । ‘फिल्म बन्नुभन्दा पहिले नै उहाँहरुको निर्णय अनुसार नै आफ्नै गाउँमा सहयोग गर्ने भन्ने थियो,’ गुरुङले भने, ‘सोही अनुरुप नै मुनाफा रकमबाट बन्दै गरेको हललाई सहयोग गर्नुभएको हो ।’

सहयोग रकम ग्रहण गर्दै रोधी क्लब घान्द्रुकका अध्यक्ष पूर्णप्रसाद गुरुङले भ्रें चलचित्र निर्माता लगायत सम्पूर्ण टिमलाई धन्यवाद प्रकट गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!