पोखराकी एलिना गुरुङले जितिन् नेपाल स्टारको उपाधि

SHARE:

कास्की माघ १७ । नेपाल टेलिभिजनमार्फत प्रशारित सिङ्गिङ रियालिटी ‘शो’ नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङले जितेकी छन् । उपाधिसँगै उनले ३५ लाख नगद पुरस्कार पनि पाएकी छन् ।

‘शो’को फाइनलमा स्थान बनाएका अन्य तीन प्रतिस्पर्धी लक्ष्मण लिम्बु, सुरेश लामा र सन्देश लामाले जनही ५ लाख रुपैयाँ पाएका छन् । विजेताले त्यसमा थप ३० लाख रुपैयाँ पाएसँगै शो विजेताले कुल ३५ लाख रुपैयाँ नगद पाएका हुन् । ‘शो’को विजेता बनेसँगै एलिनाले १ करोड रुपैयाँ बराबरको इन्सुरेन्स पोलिसी पनि पाएकी छन् । अन्य तीप उपविजेताले पनि ५० लाख रुपैयाँ बराबरको पोलिसी पाएका छन् ।

जितपछि सामाजिक सञ्‍जालमा प्रतिक्रिया जनाउँदै एलिनाले मतदाताको गुन लगाउन सक्दिन होला भन्दै गीत संगीतमा आफूलाई अगाडि राख्ने प्रतिबद्धता जनाएकी छन् ।

‘मलाई नेपाल स्टार बनाउन सहयोग गर्ने सबैमा धेरै धेरै धन्यवाद यहाँहरुकै अमुल्य भोटले आज म नेपाल स्टारको पहिलो संस्करणको बिजेता बन्न सफल भएकी छु तपाईंले गरेको भोटको म कहिले पनि गुन लगाउन सक्दिनँ होला तर संधै आफ्ना गीत संगीतले आफूलाई अगाडि राख्ने छु धेरै धेरै धन्यवाद हजुर’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!