कास्की माघ २० । गायक तथा मोडल आषिश गुरुङको दोस्रो गीति कोसेली ए ङोल्स्यो नानी विमोचन भएको छ ।
शनिबार पोखरामा आयोजित एक कार्यक्रमबीच गुरुङ फिल्म एशोसियशन नेपाल जिफानका निवर्तमान अध्यक्ष गिरीप्रसाद गुरुङले गीतको विमोचन गरेका हुन् । कार्यक्रममा मन्तव्य राख्दै उनले नयाँ पुस्ताले गुरुङ गीत संगीतमा चासो राख्दै अघि बढनुभनेको अति नै सराह्रनीय कुरा भएको भन्दै थप सफलताको शुभकामना दिए । गीतमा गायक आषिश गुरुङ र स्नेह गुरुङको अभिनय रहेको छ ।
आषिश गुरुङ र उषा गुरुङको स्वरमा रहेको गीत लालसुब्बा गुरुङको शब्द रहेको छ भने संगीत लालसुब्बा गुरुङको रहेको छ । यस्तै राजबहादुर गुरुङले गीतमा निर्देशन गरेका छन् । कास्कीको भाचोकमा गाउँमा गीतका छायाङकन गरिएको छ ।
कार्यक्रममा गीतका सर्जक लालसुब्बा गुरुङले आफूले गीतको शब्दहरु चयन गर्दा तमू जातिको भाषा संस्कारको संरक्षण हुने गरि शब्द चयन गरेको बताए । यस्तै अर्का गीतकार देवीजंग गुरुङले गीत संगीत पनि पुस्ता हस्तान्तरण हुँदै जाने भन्दै अग्रज पुस्ताबाट सिक्ने र नयाँ पुस्तालाई केही सिकाउँदै जानुपर्ने बताए । सुपर युनिक फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको गीतमा निर्माता छवि गुरुङ रहेका छन् ।
नादा तमू समाज पोखरामा विमाचोन भएको कार्यक्रम सुपर युनिक फिल्मस् प्रा.लि.का निर्देशक प्रेम गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने गायक आषिश गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
सोही गीतमा सम्बन्धित रहेर आयोजना गरिएको टिकटक प्रतियोगिताको विजेताहरुलाई पनि पुरस्कार वितरण गरिएको छ । विजेताहरुमा प्रथम सचिन गुरुङ, द्धितिय अञ्जु गुरुङ र तृतिया इन्जु थापामगर रहनुभएको छ । विजेताहरुले क्रमशः १० हजार, ८ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।






