मृत्युदण्ड या फाँसी दिनुपर्छ

SHARE:

 

चिम्खोले काइँला (बेलायत)

नेपालको राजनीति उत्सर्गमा पुगेर धरातलमा छताछुल्ल भएको छ । कुन राजनीतिक पार्टी तथा नेतालाई साथ र सहयोग दिनुपर्ने हो जनता अन्योलमा छन् । विगतका दिनहरुमा अन्तरपार्टी घात तथा प्रतिघात भएको अनुभव हुन्थ्यो भने आजको अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दण्ड सिर्जना भएको कारणले झण्डै दुई तिहाइको नजिक रहेको सरकारको नेतृत्व गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नै पार्टीबाट सरकारलाई काम गर्न नदिएको निष्कर्षका कारण ताजा जनादेशमा जानको लागि प्रतिनिधिसभा विघटन गरेको दावी छ भने नेकपाको प्रचण्ड–माधव पक्षले राष्ट्रपति र प्रधानमन्त्रीले संसद विघटन गर्नु असंवैधानिक कदम हो भनेर दावी गरेका छन् । जसको कारण नेकपा दुई भागमा विभाजन भएको अवस्था छ । प्रधानमन्त्री ओलीले निर्वाचनको मिति घोषणा गरेपनि प्रतिनिधि सभाको पुनस्थापनाका लागि सर्वोच्च अदालतमा बहस जारी छ भने सोही पार्टीका ओली पक्ष र प्रचण्ड–माधव पक्षले सूर्य चिह्न आफूनो समूहले पाउनुपर्नेमा दावी गर्दै आएका छन् । जसका कारण यतिखेर निर्वाचन आयोग पनि अन्योलमा रहेको छ भने नागरिक समाज, बुद्धिजीवी तथा आम नागरिक पनि अन्योलमा छन् । तर आआफ्ना गुटका राजनीतिकर्मी र आफूलाई न्यायपालिकाका हिमायती ठान्नेहरु पैसामा बिक्री भएको जोकोहीले सहजै अनुमान लगाउन सकिन्छ । किनकि दुवै पक्षको जुलुस पनि बराबरी देखिन्छ भने वकालत गर्ने वरिष्ठ अधिवक्ताहरु पनि दुवै पक्ष बराबरी देखिन्छन् ।

हाम्रो देशमा किन यस्तो हुँदै छ ? यसको कारण के हुन सक्छ ? सर्वप्रथम मेरो विचारमा नेताहरुले राष्ट्रको स्वार्थका लागि सोचेको भए यो अवस्था आउने थिएन । तर नेताहरुले व्यक्तिगत स्वार्थ, पार्टीभत्र गुटको स्वार्थ र अन्त्यमा पार्टीको स्वार्थका लागि राजनीतिक गरेको कारण हाम्रो देशले यो परिणाम भोग्न परेको हो जस्तो लागेको छ । किनकि हिजो चप्पल लगाएर हिँड्ने नेताहरु आज अकुत सम्पतिको मालिक भएको उदाहरण हाम्रो आँखाको सामु रहेको कसैले नकार्न सकिन्न । यी नेताहरु राजनीतिक शक्ति सञ्चय गर्नका लागि भ्रष्टाचार गरेर अकुट सम्पति कमाउन चाहन्छन् तर राजनीतिक, संवैधानिक निकाय, सेना, प्रहरी तथा निजामती कर्मचारीको नियुक्तिको भागबण्डा तथा सेटिङबिना सम्पति जोड्न सक्ने असम्भव भएको हुँदा यो दुर्गति व्यहोर्न परेको महसुस गरेको छु । नेताहरुले आआफ्नो स्वार्थपूर्ति गर्न नपाएपछि एकले अर्काको पोल खोल्दै जाँदा रखौटी तथा गर्ल फ्रेन्डसम्मको पोल खुलेपछि यो अवस्था आएको महसुस गरेको छु ।

अर्को कारण हुन सक्छ, अन्तर्राष्ट्रिय राजनीतिक ध्रुवीकरण । हामी जोकोहीले पनि नजरअञ्दाज गर्न सक्छौँ । एकातिर सयौँ शताब्दीदेखि संसारलाई नियन्त्रण गर्न खोज्ने सामन्तवादी राष्ट्रहरुको पेलाइमा नेपाल अछुतो छैन । हालमा हाम्रो उत्तरतर्फको छिमेकी राष्ट्र चीन विश्वमा शक्तिशाली राष्ट्र हुँदै गर्दा छिमेकी राष्ट्र इण्डिया, संयुक्त राज्य अमेरिकालगायत थुप्रै युरोपियन राष्ट्रहरुलाई मन परेको छैन । तर नेपालका नेताहरुलाई यो समस्यालाई सन्तुलनमा ल्याउन सक्षम नदेखिएका कारणले पनि हाम्रो देशले यो दुर्गति भोग्न परेको छ जस्तो लाग्छ ।

अन्त्यमा अकुत सम्पति कमाएका राजनीतिककर्मी, निजामति कर्मचारी, सेना प्रहरी तथा अन्य नागरिकको सम्पति छनविन गर्नुपर्छ तथा अख्तियारले दण्ड सजाय दिनुपर्छ । हाम्रा देशका नेता भनाउँदाहरुले उत्तर र दक्षिण दुई छिमेकी मुलुकहरुसँग समान सम्बन्ध कायम राख्दै हाम्रो देशको अर्थनीति सुधार्नुपर्छ तथा फाइदा लिनुको साथै अन्तर्राष्ट्रिय सम्बन्ध पनि सुमधुर राख्नुपर्छ । नेताहरुको व्यक्तिगत स्वार्थ, पार्टीभित्र गुटको स्वार्थ र अन्त्यमा पार्टीको स्वार्थलाई त्यागेर राष्ट्रको स्वार्थमा लाग्नुपर्छ । भ्रष्टाचार गर्ने जोकोहीलाई पनि माफी दिनुहुँदैन । हाम्रो देशको कानुनअनुसार मृत्युदण्ड या फाँसी दिनुपर्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!