जापान फागुन १ । जापानमा शनिबार शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कुनै क्षति भएको विवरण उल्लेख गरिएको छैन ।
सुनामीको सम्भावना नभए पनि तटीय क्षेत्रमा रहेकाहरुलाई उच्च स्थानमा जानका लागि पूर्वजानकारी दिइएको छ । केन्द्रविन्दु फुकुसिमा तथा मियागी प्रान्त, कान्तो लगायत क्षेत्रहरुमा समेत ठूलो धक्का महसुस भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जापान अत्यधिक भूकम्पको जोखिममा पर्ने देशहरुमध्येमा पर्दछ ।






