रसमर-वेज्ली १० किलोमिटर दौड सम्पन्न

SHARE:

फोटो – ओम काउचा – बेलायत ।

रसमर-वेज्ली १० किलोमिटर दौड आइतबार, ११ अक्टोबर २०२६ का दिन बेलायतको अल्डरसटस्थित क्वीन्स एभेन्यू एथलेटिक्स रंगशालामा भव्यताका साथ सम्पन्न भएको छ।

बल्याकवाटर भ्याली रनर्स र ग्रेटर रसमर नेपाली कम्युनिटी (जीआरएनसी) को सहकार्यमा आयोजित यस दौडमा करिब ४५० जना धावक (रनर) हरूको सहभागिता रहेको थियो। त्यस्तै, कार्यक्रममा जीआरएनसीका करिब ५० जना स्वयंसेवकहरूले सेवा पुर्‍याएका थिए। रसमर तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको उल्लेख्य सहभागिताले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।

कार्यक्रमको सफलतापछि जीआरएनसीका अध्यक्ष लीला सेलुङ मावोले दौडमा सहभागी धावक, स्वयंसेवक र सम्पूर्ण प्रायोजकहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन्। यसैबीच, लगातार ५ वर्षसम्म उक्त दौडको संयोजकको जिम्मेवारी सम्हाल्दै आएका उपाध्यक्ष तथा काउन्सिलर उत्तरबहादुर गुरुङले यस वर्षदेखि संयोजकको जिम्मेवारी अर्का उपाध्यक्ष जित मेनयाङ्बोलाई हस्तान्तरण गरेका छन्।

दौडका सहभागीहरूलाई हौसला प्रदान गर्न काउन्सिलरहरू धनबहादुर सार्की, उत्तरबहादुर गुरुङ, फाउजिया खान तथा भारतको सिक्किमबाट बेलायत भ्रमणमा रहनुभएकी चलचित्र निर्देशक तथा नायिका श्यामाश्री शेर्पाको विशेष उपस्थिति रहेको थियो। नायिका शेर्पाले चलचित्र तारा हेर्न आइतवार १८ अक्टोवर २०२६ का दिन एम्पायर हलमा निमन्त्रणा गरेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!