भ्यालाइन्टाइन डे मा ‘कान्छी’ बजारमा

SHARE:

काठमाडौं फागुन २ । गायक /संगीतकार तथा एरेन्जर तेजेन्द्र गुरुङ र चर्चित गायिका तारा श्रीस मगरको स्वरमा सजिएको ‘कान्छी’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

१४ फेब्रुअरी २०२१ अर्थात् भ्यालाइन्टाइन डे को अवसर पारेर आइतबार ‘घुमी घुमी बोलको गीती एल्बम ‘कान्छी’ ग्लोबल नेपाल इन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो । गीतका रचनाकार अमेरिका निवासी नायक तथा समाजसेवी प्रेम गुरुङ हुन् ।

गुरुङ मगर समुदायमा ज्यादै प्रचलित लोकभाकामा आधारित कौडा गीतमा गायक तथा संगीतकार आर.के. गुरुङको संगीत रहेको रहेक छ भने एरेन्ज गायक स्वयं तेजेन्द्र गुरुङले गरेका छन् ।

भिडियोमा गुरुङ चलचित्रका चर्चित नायक नायिका प्रेम गुरुङ, आनन्द गुरुङ, अनुता गुरुङ (कान्छी), उदयमान कलाकार मणिकमल राई, मोहनकुमार खत्री, गायक गायिका मिन गुरुङ, तारा श्रीस मगर, पुर्णिमा गुरुङ, निता गुरुङलगायत मिलिजुली आमा समूह, डाँडाथोक युरी तमु समाज र राजधानी तमु समाजका आमा बाबाहरुको बेजोड प्रस्तुति देखिन्छ ।

म्युजिक भिडियोमा रविन थापा मगरको छायांकन, मनाङ गुरुङको कोरियोग्राफी, चक्र पुलामिको क्रियटीभ निर्देशन, नविन बाबु गुरुङको ड्रोन फोटोग्राफी, बन्दे प्रसादको सम्पादन, समिर मियाको भि.एफ.एक्स. कलर रहेको छ भने भूपेन्द्र गुरुङले निर्देशन गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!