दक्षिण कोरियामा आदिवासी जनजाति साहित्यकार महासङ्घ गठन

SHARE:

सोल फागुन १२ । कोरियामा पराजित पोमुको संयोजकत्वमा आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपालको अन्तर्राष्ट्रिय समिति ‘नेपाल आदिवासी जनजाति साहित्यकार महासङ्घ दक्षिण कोरिया’ गठन भएको छ ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा दक्षिण कोरियामा रहेका नेपाली आदिवासी साहित्यकारको भेलाले १७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिका सहसंयोजकमा मञ्जु गुरुङ र गोकुल थोकर छन् भने सचिवमा शकुन आँसु, सहसचिवमा सोनाम दोङ्बा ह्योल्मो, एइडेन छन्त्याल र कोषाध्यक्षमा समीप खेम पुन छन् ।

त्यस्तै सदस्यमा बाला थुलुङ, सेसेफुङ शेर्मा, उत्तम खजुम, दिलिप बान्तावा, सुष्मा रानाहँछा, सुनिलदिप्त राई, सर्जन सुब्बा, राधुङ छा, गनिन्द्र विवश र दीपा मेवाहाङ राई छन् । आदिवासी जनजातिको मौलिक सभ्यता निर्माण, आदिवासी सौन्दर्यम र मौलिक दर्शनशास्त्रको निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले दक्षिण कोरियामा पनि महासङ्घको समिति गठन गरिएको संयोजक पोमु र सचिव आँसुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!