
नेपाल साँच्चिक्कै सुन्दर थियो अनि नेपालीहरु शान्तिप्रिय, देशका लागि बहादुर, स्वाभिमानी, सहयोगी, सेवा नै धर्म हो मुख्यमन्त्र थियो, मैले त्यही पढेको थिएँ, देखेको थिएँ अनि त्यही गर्ने अठोट थियो । अफसोच म अनि हामी सबै नेपाली ठ्याक्कै उल्टो भएको महसुस भयो ।
तीनवटा मुख्य अनि १ विशेष बिजिनेसले देशलाई खत्तम-
१. करिब ३० वर्ष पहिला-पानीको बिजिनेस अर्थात् खोलानाला, झरना जजसले दर्ता गरे अर्बपति भए तर देशलाई अन्धकारतिर लगियो, अझै पनि दैनिक अर्बौंको पानी (करेन्ट) बगिरहेछ।
२. माटोको बिजिनेस-माओवाद (कालो शताब्दी) युद्धपछि कालो धनलाई सेतो बनाउन अनि भ्रष्टाचारी नेता, कर्मचारी र बिचौलियाहरुले अनुत्पादक क्षेत्र जग्गामा भयभरको लगानी भयो जसबाट हामीले उद्योगधन्दाबाट भन्दा पनि फाइदा देखेर सबै बन्द गर्दै प्लटिङ्गतिर, खेतीयोग्य जमिन प्लटिङ्ग, घर बनाउँदा एक इन्च जग्गा पनि छोड्न मन नलाग्ने अनि कानुनी रुपमा पनि नपर्ने । अहिले यो दोस्रो नम्बरको बिजिनेस नेपालको टप बिजिनेस हो, चुपचाप लागेर जग्गामा लगानी गर तेब्बर पैसा कमाऊ ।
३. यो अबको केही वर्षमा हावाको बिजिनेस भयंकर हुनेवाला छ, कसरी ?
हेर्नुस्, काठमाडौ| अहिले नै संसारको प्रदूषित सहर, रुखहरु काटिँदै छ तस्करी हुँदैछ, जबर्जस्त जंगलमा आगो लगाइँदै छ, जताततै बाटो बन्दैछ जसले आकाश नै धूलोमय छ । त्यसैले अब हामी नेपालीहरुले छिट्टै नै अक्सिजन मास्क लगाएर हिँड्ने छौं, अक्सिजन हल हुनेछ, अक्सिजन फिट भएको कार, घरको कोठा कोठामा अक्सिजन-विचार गर्नुस् त भविष्य पैसा छ, गाडी छ, जग्गा छ, ब्यांकमा पैसा छ तर दुर्भाग्य स्वच्छ हावा छैन, शुद्ध पानी छैन, विषादी नमिसिएको खाना छैन । अब ‘अक्सिजन’ पार्लर, मास्क आदिको बिजिनेस बढ्नेछ ।
उफ् !
अनि सबैभन्दा टप बिजिनेस जुन विशिष्ट छ त्यो हो ‘राजनीति’
यो बिजिनेसमा खासै योग्यता पनि नचाहिने (शैक्षिक), खासै लगानी पनि नचाहिने, उमेरको त झन् कुनै हदबन्दी नै छैन, जुनै जातको पनि अनि जुनै भेगको पनि डिमान्ड राम्रो, कुनै पेसाको पनि हरेक व्यवसाय, जागिर, हरेक लिङ्ग, हरेक सोचको डिमाण्ड । त्यसैले आज नेपालमा यो बिजिनेस विशेष फस्टाएर गएको छ ।
तपाईं हामीलाई सेवा लिनु पर्यो भने त्यो स्कुल कुन पार्टीको मान्छेको हो सोधेर बुझेर लिन सकिन्छ, बिरामी भयो भने कुन पार्टीको हस्पिटलमा जाने, कुन पार्टीको डाक्टरसँग चेक गर्ने !
पुलिस थाना जानुभन्दा पहिले नै बुझ्नुस् त्यहाँको प्रहरी हाकिम कुन पार्टीको हो, यहाँ हर क्षेत्रमा राजनीतिक पार्टीको नेटवर्क छ ।
यदि तपाईं कुनै पार्टीको सदस्यता लिनु भएको छैन भने तपाईंको भबिस्य नेपालमा गाह्रो छ
हैन साँच्चिक्कै नेपाललाई खतरनाक रोग लागेकै हो त ?
मेरो विचारमा प्राकृतिक रुपमा लागेको रोग होइन, यो हामी आफैले निम्त्याएको भयानक खतरनाक दुषित रोग हो ।
हरेक रोगको उपचार सम्भव छ स्पेससल्ली अहिलेको २१ औं शताब्दीमा तर त्यस्को लागि सबैभन्दा महत्वपूर्ण कुरा हो ‘इच्छा शक्ति’ – नेतृत्वमा अनि पब्लिकमा ।
हिजोको मुख्य समाचारमा काठमाडौं दूषित सहरअन्तर्गत १ नम्बरमा उक्लिँदा हामी कसैले अब वातावरणको बारेमा बोलेनौं, लेखेनौं, आइडिया शेयर गर्ने अनि ब्रेन स्टोर्मिंग त झन् परको कुरा ।
मेरो विचारमा अब हामी ‘वातावरण’ प्रति सचेत हुनु पर्छ
यदि वातावरण यस्तै रहिरहे के को नेता, केको अर्बपति हामी सबै निसासियर, गुम्सिसियर, स्लो पोइजन खाएर, तड्पिएर बाच्नुबाहेक अरु कुनै उपाय छैन
त्यसैले, अबबाट हामी नेपाली भएर, आफ्नो संस्कृति र मन्त्रलाई आत्मासात गरी नेपाल नबने हामी कोही पनि बन्नेवाला छैनौं, स्वच्छ वातावरण भावी सन्ततीको लागि बनाउ भनेर माइण्ड्सेट बनाउनु पर्यो हैन र ?






