२०३६ को बहुदलीय र निर्दलीय व्यवस्थाको चुनावको पहिलो राजनीतिक अनुभव !

SHARE:

ओम रोका (बजाङे) मगर 

Om Roka (Bajange) Magar

वि.सं. २०१५ सालमा दुई तिहाईको काङ्ग्रेसी सरकारलाई जफत गरी स्वर्गीय राजा महेन्द्र बीरबिक्रम शाहले पन्चायती व्यवस्था लागू गर्नुभएको थियो भने नेताहरु जेलमा सदिनु पुगे । जेलबाट निस्केपछि पनि नेताहरु भारतमा बस्दै नेपालमा आन्दोलन गर्न लगाउँथे । विशेषगरी क्याम्पस लेबलदेखि माथिका विद्यार्थीहरुको ठूलो देन छ बहुदलीय व्यवस्था ल्याउनुमा । त्यसैले बिसं. २०३६ सालमा स्वर्गीय राजा बिरेन्द्रले जनताको हातमा छोड्नुभयो चुनाब गराएर जुन पक्षधरकाले जित्छ त्यही व्यवस्था लागु गर्ने भनेर तर त्यो बेला निर्दलीय/ पन्चायत व्यवस्थाकाले चुनाव जितेको थियो भने १० वर्षपछि २०४६ सालमा राजा आफैले पन्चायत व्यवस्था फालेर बहुदलीय/प्रजातन्त्र व्यवस्था लागू गर्नु भएको थियो ।

म १३/१४ वर्षको उमेरमा गाउँदेखि जिल्लाको सदरमुकाम बेनीको हाइस्कुल कक्षा ८ मा भर्ना हुन नपाइँदै कलिलो गाउँले केटोले पहिलोपटक बहुदलीय व्यवस्था पक्षधरबाट काङ्ग्रेसी नेता स्वर्गीय जननेता गणेशमान सिङ श्रेष्ठको उपस्थितिमा म्याग्दी बेनीमा विशाल जनसभा भेला भएको थियो त्यत्ति धेरै जनसभा पहिलोचोटी देखेको थिए ।

तर जब गणेशमान सिङ श्रेष्ठज्यू राजधानी फर्कनु भयो तब पन्चायत/निर्दलीय पक्षधरकोले बहुदलीय पक्षधरकोलाई पेल्न थाले । जब जब चुनाब नजिकन थाल्यो उतिउति लडाइँ झगडा र अस्तव्यस्त हुन्थ्यो जब रात हुन्थ्यो उति अशान्तिको अनुभव हुन्थ्यो भने एकाबिहान स्कुल जाँदा म्याग्दीका काङ्ग्रेस नेता स्वर्गीय डाक्टर भूपेन्द्र खड्का आदिको पसल/घर फोरिएको थियो भने पूर्वमन्त्री भिमप्रसाद गौचनको टाउकोमा चोट लागेको थियो । पछि त्यही चोट लागेको तस्बिर राजालाई देखाएपछि उहाँले मन्त्री पद पनि पाउनुभएको थियो।

त्यतिबेला कस्ले कस्लाई के भन्थे ?

१/ बहुदलीय पक्षधर (काङ्ग्रेस / कम्युनिस्ट) ले भन्ने शब्द ;- पन्चायत व्यवस्था / निरंकुश पन्चायत व्यवस्था मुर्दावाद आदि ।

२/ निर्दलीय पक्षधरकाले काङ्ग्रेस / कम्युनिस्टलाई भन्ने शब्द :- भारतीय दलाल मुर्दावाद, बिदेशी चोर देश छोड आदि ।

चाहे काङ्ग्रेस नेता हुन्, एमाले नेता हुन् वा माओवादी नेताहरु हुन् : सबै विदेशी/भारत (India) बाट संरक्षण र पालनपोषण भएर नेपालमा सत्ता चलाएका हुन् । त्यसैले त नेपालमा जब सत्ता परिवर्तन हुन्छ तब नेताहरु दिल्ली पुग्छन् प्रधानमन्त्रीको कुर्ची जोगाउन पनि दिल्ली वा राजदूतावास धाउँछन् । हरेक कुरामा प्रभु/ठूला दाईको आशीर्वाद चाहिन्छ भने देश कसरी विकास हुन्छ ? किनकि भारतको चाहना नेपाल भारतबाट आश्रित होस् भन्न चाहन्छ ।

अहिलेको भुर्‍आ/युवाहरुलाई के थाह ? काङ्ग्रेस र कम्युनिस्ट पार्टीका कार्यकर्ता र शुभचिन्तकहरु अन्य नयाँ पार्टी खोल्दा बित्तिकै विदेशी देख्छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!