पूर्णिमा लामाले चुमिन ११ औं विन्ध्यवासिनी म्युजिक अवार्ड

SHARE:

काठमाडौं चैत २९ । चर्चित गायिका पूर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गयिकाको रुपमा ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड चुम्न सफल भएकी छिन् ।

चैत्र २७ गते याक एण्ड यति होटल दरबारमार्ग काठमाडौंमा भब्यताका साथ सम्पन्न भएको अवार्ड समारोहमा चर्चित गायिका लामाले “मुटु जलि खरानी भो” भन्ने गीतबाट अवार्ड हात पार्न सफल भएकी हुन् । जुन गीतले गायिका लामालाई सांगीतिक क्षेत्रमा परिचित गराएको थियौ । उक्त गीतको शब्द संगीत बलराम साउदको रहेको थियो । गायिका लामासँग अन्न्य चर्चित गायिकाहरु निशा देशार, मेलिना राई, सुमिना लो र बानिका प्रधानहरु प्रतिस्पर्धामा रहेका थिए ।

विन्ध्यवासिनी म्युजिक प्रालिद्वारा बिभिन्न २५ विधामा अवार्ड वितरण गरिएको थियो । सानै उमेरमै सांगितिक क्षेत्रमा चर्चाको शिखर चुम्न सफल चर्चित गायिका लामाले हालसम्म चार सयभन्दा बढी गीत गाइसकेकी छिन् । कलाकारहरुलाई सधैँ उच्च सम्मानका साथ आयोजना गरिने विन्ध्यवासिनी म्युजिक अवार्डको ११ औं विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट सुगम संगीत महिला गायिका विधातर्फको सर्वोत्कृष्ट गायिकाको रुपमा ११ औं विन्ध्यवासिनी म्युजिक अवार्ड प्रधान गरिदिएकोमा पूर्णिमा लामाले खुशी हुँदै विन्ध्यवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी, विन्ध्यवासिनी म्युजिक प्रालिका संचालक सुवाश रेग्मीलगायत सम्पूर्ण आयोजक परिवारप्रति हृदयदेखि नै हार्दिक अभार प्रकट गरेकी छिन् ।

विन्ध्यवासिनी म्युजिक प्रालि जस्तो गौरवमय म्युजिक कम्पनीको अवार्ड लिन पाउँदा आफूमाथि थप सांगीतिक अभिभारा थपिएकोमा आफू निरन्तर सांगीतिक क्षेत्रमा कृयाशील रहनेसमेत लामाले बताइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!