नेपाल आदिवासी जनजाति कलाकार महासंघ गण्डकीमा शंकर विरही गुरुङ

SHARE:

पोखरा, ११ वैशाख । आदिवासी जनजाति कलाकारहरुको प्रथम गण्डकी प्रदेश भेलाले चर्चित लोकगायक शंकर विरही गुरुङको अध्यक्षतामा २५ सदस्यिय नेपाल आदिवासी जनजाति कलाकार महासंघ गण्डकी प्रदेश समिति गरेको छ ।

पोखरा ९ नयाबजारस्थित तमु धीं नेपालमा सम्पन्न भेलाले समितिको वरिष्ठ उपाध्यक्षमा माया गुरुङ, करण तामाङ प्रथम उपाध्यक्ष,सरिता सारु मगर द्वितिय उपाध्यक्ष, दुर्गा गुरुङ महिला उपाध्यक्ष, सुरेन्द्र गुरुङ महासचिब,टस गुरुङ सचिब,ज्योति गुरुङ महिला सचिब,दिलु लामा कोषाध्यक्ष र बसन्ति थापा मगर सह कोषाध्यक्षमा सर्वसम्मत चयन गरेको छ।

यसरी नै कार्यसमिति सदस्यहरुमा चिना थापा मगर,सबिना गुरुङ, गुप्त गुरुङ, संगिता गुरुङ, प्रशान्त तामाङ, कुमारी बुढा मगर,निश्चल थापा,बत्ति थापा मगर,रमा राना,सनम तामाङ, बिमल भुजेल, रबिना गुरुङ, पृथ्वी भुजेल, सन गुरुङ र रेणु रेलामे मगर रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि तमु धी नेपालका अध्यक्ष एवम निर्वाचन समिति संयोजक हुमबहादुर गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए भने वरिष्ठ लोकगायिका माया गुरुङले टीका, नेपाल मगर संघ कास्की अध्यक्ष संगीता पुन मगरले खादा बाट बढाईका साथै नेपाल तामाङ घेदुङ संघीय सचिवालय सदस्य दीपक तामाङ, जिफान अध्यक्ष भोज गुरुङ, किरात सेवा समिति कास्की अध्यक्ष लोकेन्द्र राई, ह्योल्मो समाज कास्की सचिव पूर्ण लामा, निर्वाचन समिति सदस्य कृष्ण कुमार गुरुङ लगायतले बधाइका साथै शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शंकर विरही गुरुङले गण्डकीका जनजाति कलाकारको एकता, क्षमता अभिवद्धिका साथै आदिवासीको अभियानमा सशक्त रूपले लाग्ने प्रतिवद्धता व्यक्त गरे । निर्वाचन समितिमा संयोजक हुमबहादुर गुरुङ, सदस्यहरुमा पूर्ण लामा, लोकेन्द्र राई, संगीता पुन र कृष्णकुमार गुरुङ रहेका थिए ।

भेला आयोजक समिति संयोजक सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि तमुधिं नेपाल अध्यक्ष हुमबहादुर गुरुङले उद्घाटन, करण तामाङले स्वागत, शंकर विरही गुरुङले सञ्चालन गरेका थिए । वरिष्ठ गायिका माया गुरूङ राष्ट्रपतिबाट प्रबल जनसेवा श्री पदकबाट सम्मानित भएकामा उक्त कार्यक्रममा सम्मान गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!