एनआरएनए यूकेको आगामी नेतृत्वले यसो गरे कसो होला ?

SHARE:

कृष्ण गुरुङ
नेपालमा भ्रष्टाचार धेरै छ । सहर प्रदूषित भइरहेको छ । हर क्षेत्रमा बिचौलिया व्याप्त छ । फेरि पनि नेपाल प्यारो लाग्छ किनकि मलाई थाह छ नेपाल देश सुन्दर छ तर केही भ्रष्टहरुले गर्दा । हो, अनि छिट्टै नेपाल सुन्दर हुनेछ ।

त्यस्तै, गैर आवासीय नेपाली संघ (एनआरएनए) मा पनि राजनीति, जातिवाद, क्षेत्रवाद, इगो व्याप्त छ । तर एनआरएनए संस्था अपरिहार्य छ । अब २ महिनामा यूकेमा महाअधिवेशन हुँदैछ । फेरि पहिले जसरी नै तपाईंलाई मेम्बर बनिदिनुस् भन्दै सामाजिक अभियन्ताहरुले रिक्वेस्ट गर्नेछन् । यसपाली हामीले मेम्बर किन बन्ने अनि मेम्बरको अधिकार र कर्तब्य के हो राम्रोसँग बुझ्न जरुरी छ ।

विशेषत: कुनै पनि संस्था त्यसको मेम्बरहरुको हकहितको लागि हुनु पर्दछ जुन संस्थाको विधान, उद्देश्यको (६-१) पहिलो नम्बरमा नै पर्दछ । त्यसैले अब एनआरएन यूकेको सदस्य बन्दा यूकेकै समाजमा नेपालीहरुलाई स्थापित गर्न एनआरएन यूकेले के गर्न सकिन्छ भनेर सोच्नु पर्ने होइन र ?
यूकेमा स्थापित हुन सकियो भने नेपालमा पनि सहयोग अलि धेरै नै गर्न सकिन्छ होइन र ? अबको कार्यसमितिले यूकेमा नै अलि बढी फोकस हुने कि ?

जस्तै : एनआरएनको बारेमा विभिन्न सेमिनार गरेर किन यो संस्था जरुरी छ, किन यसको मेम्बर बन्ने र यो संस्थाले नेपालमा कसरी सहयोग गर्न सकिन्छ भन्नेबारेमा समय, पुँजी र भेटघाट अलि बढाउनु पर्ने देखिन्छ ।

एनआरएन यूकेले नेपाललाई दिने भनेको यहाँको अनुभवी व्यक्तिहरुको अनुभव र सामूहिक लगानी नै मुख्य जस्तो लाग्छ न कि १/२ करोडको आर्थिक सहयोग । यो मेरो मनमा लागेको कुरामात्र हो ।

मौसम नै एनआरएनमय छ, मौसमअनुसारकै कुरा गरौं ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!