लन्डन जेठ १२ । अमेरिका निवासी गीतकार प्रेम गुरुङले आफ्नो जन्मदिन र बुद्ध जयन्तीको अवसरमा गुरुङ भाषाको गीत ‘शैलुर्बे ङोल्स्यो’ सार्वजनिक गरेका छन् । ।
ग्लोबल नेपाल इन्टरटेन्टमेन्टको युट्युव च्यानलमार्फत ‘शैलुर्बे ङोल्स्यो’ अर्थात् शैलुङ्को सोल्टिनी गीत सार्वजनिक गरिएको हो । गीतमा शब्द प्रेम गुरुङको छ भने मनोज गुरुङले स्वर दिएका छन् ।
गीतको भिडियो गुरुङ गीतकै इतिहासमा पहिलो पटक अमेरिकाका बिभिन्न सहरहरुमा र नेपालको सुन्दर गाउँ शैलुङ्ग लमजुङ छायांकन गरिएको छ। गीतमा तेजेन्द्र गुरुङको सङ्गीत र एरेन्ज रहेको छ । भिडियोमा चक्र पुलामी मगर र मणिकुमार राईको कोरियोग्राफी रहेको छ ।
ग्लोबल नेपाल इन्टरटेन्टमेन्टले नै निर्माण गरेको भिडियोमा प्रेम गुरुङ र उर्मिला गुरुङले वास्तविकता झल्किने अभिनय गरेका छन् ।
भिडियोलाई शम्भु मोक्तानले अमेरिकामा र रवीन थापा मगरले नेपालमा छायांकन गरेका हुन् । बन्दे प्रसादले सम्पादन गरेको भिडियोमा भिएफएक्स र कलर समिर मियाँले गरेका छन् । भिडियोको प्रोडक्शन संयोजक आश्रम गुरुङले, शृंगार शर्मिला गुरुङ, सहनिर्देशन उमेश थापा मगरको रहेको छ ।
गीतकार चर्चित गुरुङ फिल्म ‘मैंरिमो’ का नायक तथा निर्माता प्रेम गुरुङले ‘शैलुर्बे ङोल्स्यो’ अर्थात् ‘शैलुङको सोल्टिनी’ बोलको गीत तयार पारेका हुन् । लमजुङको रमणीय गाउँ क्व्हालोसोंथर गाउँपालिका २, शैलुङ घर भई हाल अमेरिकामा रहेका प्रेम गुरुङले यसअघि ‘मेरो शैलुङ गाउँ’ नामक गीति भिडियोसमेत सार्वजनिक गरिसकेका छन् ।






