लण्डन असार २९ ।

निर्माता निकेश लिम्वुको चलचित्र व्लाईन्ड रक्सले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सर्वउत्कृष्ट निर्देशक र सर्वउत्कृष्ट चलचित्र दुवै रुपमा अवार्ड प्राप्त गर्दा खुशी व्यक्त गरेको छ ।
साथै मित्र चलचित्र सुन्दर सपना आत्मविश्वासी ,लगनशील ,कर्मठ , साहसी वहिनि शृष्टी के शी को जिवनसंघर्ष मा आधारित चलचित्र व्लाईन्ड रक्स चलचित्र हामी सवैको मेहनत दर्शकहरुको मायाले आफु यो गरिमामय क्षण सम्म आईपुगेको निर्माता लिम्वुले बताएका छन् ।
उनले चलचित्रलाई सधै सहयोग गर्ने नरेश भट्टराई , ज्ञानेन्द्र राउत , मेरो प्रिय डि ओ पि नबराज कृष्ण थापा, लेखन यम थापा, सम्पादक अर्जुन जि सि, सम्पूर्ण अग्रज व्यक्तित्वहरु ,सुभचिन्तक ,शुभेच्छुक ,निर्णायकज्युहरु ,व्लाईण्ड रक्स चलचित्रका आदरणीय अग्रज कलाकारहरु , प्राविधिकहरु एवंम मलाई सदैव उर्जा ,सत्कर्मको लागी प्रेरणा , हौसला दिनुहुने दर्शक श्रोताहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु साथै यहांहरुको निरन्तर साथ ,सहयोग र न्यानो मायाको अपेक्षा गरेका छन् ।






