आँधीका कारण ब्रिटिश कोलम्बियामा संकटकाल घोषणा

SHARE:

एजेन्सी मंसिर २ ।

आँधीका कारण सडक र रेल सञ्जालमा अवरोध उत्पन्न हुँदा क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा संकटकाल घोषणा गरिएको छ ।

विपद्बाट प्रभावित त्यस क्षेत्रका बासिन्दाको सहायताका लागि क्यानडाका सुरक्षाकर्मी परिचालन गरिएको छ । उक्त क्षेत्रमा आइतबार राति ठूलो तुफान आएको थियो । त्यसबाट हजारौं सर्वसाधारण प्रभावित भएका छन् । प्रधानमन्त्री जस्टिन ट्रुडोले आँधीबाट प्रभावित भएकाहरूलाई पर्याप्त राहत दिने प्रतिवद्धता जनाएका छन् । उनले सेनाले पुनर्निर्माणका लागि सहयोग गर्ने पनि बताएको बीबीसीले जनाएको छ ।

पहिरोमा परेर एक जना महिलाको ज्यान गएको छ भने दुई जना हराइरहेका छन् । सो क्षेत्रबाट स्थायीलाई सुरक्षित स्थलमा सारिएको छ । आँधीका कारण केही पहाडी क्षेत्रका सहरहरूसँग सम्पर्क टुटेको बताइएको छ । क्यानडाको सबैभन्दा ठूलो बन्दरगाह भ्यानकुभरसम्म पुग्ने सडक पनि अवरुद्ध भएको छ ।

संकटकालीन अवस्थाले अधिकारीहरूलाई सडक र रेल सेवालाई पुनः सुरु गर्न थप दवाव परेको बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!