विश्व नेपाली साहित्य महासंघ पश्चिम शाखा यूकेको पहिलो भेटघाट तथा रचना वाचन कार्यक्रम हुँदै

SHARE:

लन्डन । विश्व नेपाली साहित्य महासंघ पश्चिम शाखा यूकेको आयोजनामा आगामी अक्टोबर ३१ तारिख शनिबार बेलायतको अल्डरसटमा पहिलो भेटघाट तथा रचना वाचन कार्यक्रम हुने भएको छ।

द प्यालेस, अल्डरसटमा दिउँसो १२ बजेदेखि सुरु हुने कार्यक्रममा साहित्यकार तथा स्रष्टाहरूबीच भेटघाट, रचना वाचन र साहित्यिक विचार आदानप्रदान हुनेछ।

शाखाकी अध्यक्ष गोमा रानाको अध्यक्षतामा हुने कार्यक्रममा डा. सुमाया राई प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। महासंघका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार लालसुन्दर राई र शाखाकी सचिव गंगा भण्डारीको समेत कार्यक्रममा सहभागिता रहनेछ।

नेपाली भाषा, साहित्य र सिर्जनाको प्रवर्द्धन गर्नुका साथै बेलायतमा रहेका नेपाली साहित्यकार तथा स्रष्टाबीच आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई कर्म पहाडी शेर्पाले प्रायोजन गरेका छन्। आयोजकले बेलायतमा रहेका साहित्यकार, स्रष्टा तथा साहित्यप्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!