एजेन्सी मंसिर ४ ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले केही समयका लागि राष्ट्रपतीय अधिकार पाएकी छिन् ।
राष्ट्रपति जो बाइडन स्वास्थ्य जाँचका लागि जाँदा एक घण्टा २५ मिनेट उनले राष्ट्रपतीय अधिकार पाएकी हुन् । यो सँगै अमेरिकामा राष्ट्रपतीय अधिकार पाउने ह्यारिस पहिलो महिला बनेकी छिन् । उनलाई अधिकार प्रत्यायोजन प्रकृयामार्फत नै राष्ट्रपतिको अधिकार प्रदान गरिएको हो ।
अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित हुने ह्यारिस पहिलो महिला, पहिलो अश्वेत र दक्षिण एसियाली अमेरिकन महिला हुन् । राष्ट्रपति बाइडनको शुक्रबार स्वास्थ्य परीक्षण गरिएको थियो ।
राष्ट्रपति बाइडनका चिकित्सकले उपचारपछि जारी गरेको वक्तव्यमा उनी स्वस्थ रहेको र आफ्नो जिम्मेवारी निर्वाहका लागि योग्य रहेका उल्लेख गरेका छन् ।






