काठमाडौँ — हाइटीको उत्तरी क्षेत्रमा मंगलबार इन्धन ट्यांकी विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । घटनामा थप दर्जनौं व्यक्तिहरू घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय समाचार अनुसार सोमबार राति भएको उक्त विस्फोट हाइटीको उत्तरी बन्दरगाह सहर क्याप–हैटियनमा भएको हो ।
घटनामा कम्तीमा ५० देखि ५४ जनाको जलेर मृत्यु भएको छ भने दर्जनौं व्यक्ति जलेर घाइते भएका क्याप–हैटियनका नगरका उपप्रमुख प्याट्रिक अलमोनरले बताए ।






