बेलायतवासी सपनकुमार राई र ममता गुरुङको ल्होछार गीत सार्वजनिक

SHARE:

लण्डन पुष १४ ।

बेलायतवासी गायक गायिका सपनकुमार राई र ममता गुरुङको ल्होछार गीत सार्वजनिक भएको छ ।

‘ल्होछारको शुभकामना’ बोलको गीत र म्यूजिक भिडियो क्रिसमसका दिन शनिबार सार्वजनिक भएको हो । गायक गायिका राई र गुरुङको स्वरमा उक्त गीत बेलायतमै रेकर्ड गरेपछि बाँकी प्राविधिक काम र म्यूजिक भिडियो नेपालमै बनाइएको हो ।

रत्ना गुरुङले सृजना गरेको उक्त गीतले तमुहरुको महान मौलिक पर्व ल्होछारको महत्व दर्शाएको छ । गीतमा अनिस योन्जन च्याङ्बाले संगीत दिएका छन् । एरेन्ज, मिक्सिङ र मास्टरिङ सुन्दर लामाको रहेको छ । त्रिताल म्यूजिकले प्रस्तुत गरेको उक्त गीतको भिडियो निर्देशन निर्मल लामा बिजीले गरेका छन् । सपनको लकडाउनपछि सार्वजनिक यो पहिलो नेपाली गीत हो । राईले आफ्नो स्वरको दुईवटा हिन्दी गीतको रेकर्डिङ भइसकेको जनाए ।

उनले लकडाउनका बेला घरमै बसिरहेका मानिसलाई मनोरन्जन दिन फेसबुक लाइभबाट निरन्तर गीत गाएर संकलित रकम च्यारिटीलाई समेत प्रदान गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!