
जयराम तामाङ
बेलायत – संसारको जुनसुकै कुनामा बसे पनि मानिसलाई स्वतन्त्र रुपले बाँच्न पाउने अधिकारछ भन्दै उन्नाइस सय अठचालिसमा मानव अधिकारको लागि भनेर ह्युमन राइट संगठनको स्थापना भएको थियो । अहिले सम्म धेरै वटा मानव अधिकारको लागि भनेर खोलिएका संघ, सस्था, संगठनहरु होलान, तर ति संगठनहरु कागज मा मात्रै सिमित रहेको देखिन्छ। मानव अधिकारको हनन् कति ठाउँमा भैरहेको देखेर पनि शक्तिको अगाडी चुप लागेर बस्न बाध्य बनाएका थुप्रै उदहरणहरु इतिहासमा देखेका छौ। हामीले देखेका अनि सुनेको बाहेक पनि कयौं घटनाहरु भित्र भित्रै लुकिछिपी गरेको पनि हुन सकिन्छ।
अहिले कोरोना भाइरस नामको हावाले गर्दा विश्वको सबै जसो देशको अर्थतन्त्रलाइ डामाडोल बनाई सकेको छ । तर यहि भाइरसले गर्दा कयौं कम्पनीहरुले र व्यक्तिहरुले भने मालामाल कमाएर अरब खरब पति वा पत्नी बनेका छन् । जुनसुकै नामको भाइरस आए पनि जति त्यसले असर गरेको छ त्यो भन्दा कयौं गुणा असर डर र त्रासको अफवाह फैलाएर ससार भरका मानिसहरुको धनजनको सर्वनास बनाई दिएको छ। देश र जनताको नाममा राजनैतिक गर्ने देशद्रोहीहरुको लागि कोरोना भाइरस राजनैतिक गर्ने ठूलो हतियार बनेको छ। उनीहरु सत्तामा बसेर कानून बनाउदै आदेश गरि रहन्छ जनताहरु पालन गर्न बाध्य भैरहन्छ।
उनीहरु नियम कानून जतिकै बनाए पनि आफू भने कहिल्यै पालन गर्दैनन्। जनताले कतिको सास्ती खेपेको छ उनीहरुलाई बाल मतलब हुदैन। उनीहरुको ध्यान भनेको जनताले कानून पालन गरेको छ कि छैन ? कानून पालन नगरे बापत कति जरिवाना जम्मा भयो ? कुन कम्पनीलाई मास्क बनाउन दिने? कुन कम्पनि लाइ सनिटाइजर बनाउन दिने ? कुन देश बाट भ्याक्सिन किन्ने र त्यस बापत कति कमिसन आउछ भन्ने कुरामा नै रुमलिरहेको हुन्छ। एउटा ज्वलन्त उदाहरण बेलायतमा यतिखेर सनसनीपूर्ण खबर बनि रहेको छ। जनतालाई आइसोलेसन नामको नजर बन्दमा राखेर आफू र आफ्नो भरौटेहरुको साथमा पार्टीमा मोजमस्ती गर्दै खादै र पिउदै गरेको खबरले प्रधानमन्त्रि बोरिस जोनसोनको जागिर धरापमा परेको छ। आफनै पार्टी भित्र कलह शुरु भए पछि पार्टी भित्रै बाट आरोप प्रत्यारोप मात्रै भएन पार्टी नै परित्याग गरि प्रतिपक्षको कुर्चीमा बसेर आफै तिर औंला तेर्स्याउदा जनताको सामु माफी माग्न बाध्य भएको छ। आफू चाही नियम कानून नमान्ने अरुलाई चाही किन नियम कानून पालन नगर्ने भनेर कारबाही गर्दै जरिवाना तिराउने कति स्वार्थी अनि हेपाहा प्रविर्ति छन् संसारको फोहोरी राजनैतिक गर्ने राजनैतिज्ञहरुको बानी। कोरोना भ्याक्सिन लगाउनु नै पर्छ होइन भने जागिर बाटै निकाली दिन्छु भनेर स्वास्थ क्षेत्रमा काम गर्नेहरुलाई धम्कि दिए पछि हजारौ नर्सहरु आन्दोलनमा उर्तिएक छन। केही दिन अगाडी मात्रै प्रधान मन्त्री जोनसोनको कार्यलय अगाडी गएर “सेम अन यु” अर्थात् तपाइलाई लाज लाग्नु पर्ने हो भन्दै हजारौले आफ्नो काममा लगाउने लुगाहरु (युनिफोर्म) प्रधान मन्त्रि को कार्यलय अगाडी फालेका थिए।
दुइ वटा भ्याक्सिन अनि बुस्टर ज्याब लगाएको स्वास्थ्य कर्मी लगात कयौं मानिहरुको पनि कोरोनाले ज्यान लिएको छ भने ति नलगाएको डाक्टर नर्सहरुलाई भ्याक्सिन नलगाएको भनेर काम बाट निकाल्नु भनेको एक किसिमको हास्यापद कुरो हो। आखिरी कोरोना भ्याक्सिन कोरोनाको औषधि भने होइन, त्यो आखिरी इम्युन सिस्टम अर्थात खाना पचाउन सक्ने शक्तिको लागि हो। कयौं मानिसहरु ब्लड क्लट अथवा रगत बाक्लो भएर रगत जमेर मृत्यु भएको पनि छन्। यदि सरकारलाई कोरोना भ्याक्सिन सुरक्षित अथवा ग्यारेन्टी छ ? भनेर सोध्यो भने उनीहरु ग्यारेन्टी भने लिन सकिदैन भनेर भन्दछन । कोरोना शरु भएको पनि दुइ वर्ष भन्दा बढी भैसक्यो। त्यतिका दिन सम्म त केहि भएन भने अहिले आएर किन पच्चीस तिस वर्ष सेवा गरि सकेको कर्मचारिहरुलाई बृद्ध आस्राम बाट निकाले प्रश्न चिन्ह खडा भएको छ।
हजारौ नर्स र डाक्टरहरु विदेशबाट भित्र्याउने क्रम जारि रहंदा भएको आफ्नो घरको नर्स र डाक्टरलाई काम बाट निकाल्नु कतिको सान्दर्भिक कुरा हो जो कोइले सजिलै बुझने कुरा हो। यदि कसैले म भयाक्सिन लगाउदिन भन्नु पाउनु उसको अधिकारको कुरा हो। म मरे पनि मरोस तर पनि जब सम्म मर्दिन तब सम्म म काम गर्छु भन्नु पनि उसको अधिकारको कुरा हो। तर धेरै देशहरुमा मर्नु भन्दा पहिला नै सरकारले मनस्थिति लाइ मारी सकेको छ।
संसारको धेरै मानिसहरु दैनिकी काम मा नै निर्भर रहने भएको हुनाले यदि काम नभएको खण्डमा धेरै मानिसहरुले ऋण अनि दुखको कारणले आत्मा हत्या गरेको पनि छ र गरि रहने छ। एक स्वास्थ मान्छेले अरु संग काम गर्दै गर्दा साथीलाई केही नभए पनि कोरोना पोजिटिभ देखायो भने घरमा बिना कसुर बिना तलब दश दिन सम्म बस्नु पर्ने। कति सम्म अन्याय गरेको छ सरकारले भनेर भोगेको मानिसलाई मात्र थाहा हुनेछ। आज मलाइ त्यहि भएको छ। मेरो छोरालाई साधारण खोकी लागेको थियो। मैले प्यारासिटामोल ल्याएर दिए अनि एकदिनमै धेरै ठिक पनि भयो अघिल्लो दिन स्कूल नगएकोले छोराको स्कूल बाट पठाएको काम न काजको फ़्लो टेस्ट भन्ने किटम कान कोट्ट्याउने जस्तो रुवा भएको सानो सिन्काले दलेर झोल पदार्थमा डुबाएर त्यो झोल पदार्थ चेप्टो भाडोमा हाल्दा दुइवटा रातो धर्का आयो।

त्यो रातो धर्का आउनु भनेको कोरोना लागेको हो भनेर धेरै बिज्ञहरुले भन्ने गरेको छ। तर यो कोरोना नभएर साधारण रुघाखोकी लागेको हो। छोरालाई कोरोना लागेको हो भनेर म र मेरी श्रीमती केही नभएको मान्छे पनि आइसोलेसनम बस्नु पर्ने, घर बाट नै निस्कनु नपाउने , काममा जानु पनि नपाउने, कति सम्मको अन्याय र अत्याचार गरेको छ सरकारले भनेर म जस्तै कामदारहरुले सोच्ने बेला भएको छ। कतै जानु पर्यो पिसिआर टेस्ट गर्नु पर्ने, कतै बाट आयो पिसिआर त्यो पनि कति महँगो तिरेर गर्नु पर्ने । काममा पनि जानु नपाउने , यो त अतिनै भै सक्यो। कतै बाट आयो होटेलमा बाइस तेइस सय पाउण्ड तिरेर होटेलमा बस्नु बाध्य बनायो।
कोरोना भाइरसले भन्दा पनि बढी मानिसहरु अप्रत्यक्षरुपमा नेताहरुले मारी सकेका छन। लक्डाउनको नाउँमा धेरै गरिबको छोरा छोरीहरुले खान नपाएर आत्मा हत्या गर्न बाध्य बनायो। कतिको बाउआमाले छोराछोरी को मुख देखन पाएनन् कतिको छोराछोरीले आमाबाउको मुख नै देख्न पाएनन् । कतिको किड्नी गायब भयो, कतिको आँखा नै गायब भयो। कोरोना लागेको छ हेर्नु र भेट्नु हुदैन भन्दै काम लाग्ने जति अंगहरु निकालेर कतिमा बेचे अत्तोपत्तो कसैलाई थाहा भएन । कतिको ब्यापार व्यवसाय डुबेर आत्मा हत्या गर्न बाध्य बनायो। कतिको घरमा झगडा निम्त्यायो,कतिलाई ऋणमा डुबायो। रोग लाइ रोकथाम गर्नु ठिकै हो तर यो अतिनै भएको छ।। हस्पिटलमा काम गर्ने कामदारहरु लाइ प्रत्येक बिहिबार साँझ आठ बजे राम्रो काम गर्यो भनेर झ्याल ढोका बाहिर निस्केर देश भर तालि बजायो तर एक सुको तलब बढाएन। नेताहरुलाई भने यातायातको सुबिधा छ, कतै गयो भत्ता पनि पाकेको हुन्छ। यस्ता रुघाखोकी पहिला पनि लागेको थियो। त्यो बेलामा पनि मान्छेहरु मरेको थियो। यो कोरोना भाइरसको नाउँमा मानव अघिकारको हनन् भएको हो भनेर किन कसैले बोल्दैनन अचम्म लागेको छ।






