काठमाडौं १९ जुन २०२२ । काठमाडौंकी २४ प्रियंका रानी जोशीले यस वर्षको मिस नेपाल उपाधि जितेकी छन् ।
काठमाडौंमा शनिबार भएको ग्रान्ड फिनालेमा २२ प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले मिस नेपाल वर्ल्ड २०२२ को उपाधि जितेकी हुन् । यस्तै मिस नेपाल इन्टरनेसनलको उपाधि न्यान्सी खड्काले जित्दा सरिशा श्रेष्ठले मिस नेपाल अर्थको उपाधिमाथि कब्जा जमाइन् ।
त्यस्तै कार्यक्रमा ‘ब्यूटि विथ द पर्पज’ स्मारिका शर्माले जितिन् । सहउपाधितर्फ मिस ब्यूटिफुल हेयर र मिस इन्टेलेक्चुअल रोज कँडेल, मिस फोटाजेनिक ममता ढकाल, मिस पपुलर च्वाइस न्यान्सी खड्का, मिस ग्ल्यामर सोफिया श्रेष्ठ, मिस डिलाइट प्रियंका रानी जोशी, मिस कन्फिडेन्ट सरिशा श्रेष्ठ, फेस अफ २०२२ गंगा गुरुङ घोषित भइन् । यो वर्ष मिस नेपालको २५ औं वर्ष हो ।






