
मधु गुरुङ – बेलायत
June 2019 मा यस ऐतिहासिक चलचित्र Gurkha Beneath The Bravery को promotion & fund raising को लागी स्टलमा स्वयम सेवकको रूपमा सहभागी भएको थिए । चलचित्र क्षेत्रमा मेरो अनुभव र सोख नभएता पनि हाम्रो पुर्खाहरूको इतिहास को लागी र चलचित्र मार्फत वहाहरूको त्याग, बहादुरी, बलिदानको कथा सबैसामु पुराइ वहाहरूले पाउनु पर्ने सम्मान दिलाउनमा थोरै भएपनि केही गर्न सक़िनछ कि भनि गएको ३ बर्षदेखी लागीपरेको छु।
Fund raising देखि अहिले film screening सम्मको यात्रा पक्कै सजिलो थिएन । अनेकौ दुःख, बाधा, अडचनको सामना नगरेको हैन तर हाम्रा पूर्खाले दिनु भएको त्याग, बलिदान र बहादुरीको तुलनामा, हामीले गरेको दुख नगन्य हुन्छ।
आफूले लिनु पर्ने पैसा माग्न त गाह्रो लाग्ने मान्छे म तर यो project को fund raising को लागी आफ्नै परिवार, नातागोता, इष्टमित्र, साथीभाई, संघसंस्था तथा चिनेका, नचिनेका सबैलाई अपिल गरेर आवश्यक रकम संकलन गरियो, सबैसंग समय र सहयोग मागियो फलस्वरुप तपाईहरूको साथ र सहयोगले चलचित्र बनेर तयार भएको छ। तपाईहरु सबैलाइ हृदयदेखी धन्यबाद।
हाम्रा गोर्खा परिवारहरुका बृद्ध मामा छयामाहरु सेवानिबृत जीवन बेलायतमा आइ बसोबास गरिरहदा निकै अफठ्यारो अवस्थाको सामना गर्नु परिरहेको सबैलाई अबगत भएकै कुरा हो । मेरो कामको प्रकृतिले गर्दा गोर्खा परिवारले भोग्नु परेको थूप्रै समस्याहरू प्रत्यक्ष सुन्थे र दुःख महशुस गर्थे। केहि दिन अगाडी बाटोमा एक जोडी मामा र छयामालाई भेट्दा, उहाँहरूलाई १० वर्ष जति अघि छिमेकीको अभद्र व्यवहारले गर्दा तुरन्तै अन्त सार्नु परेको घटना सम्झे । शायद त्यो छिमेकीलाई गोरखा मामाले आफनो जीवनको सबै भन्दा ऊर्जावान समय यो देशको लागी दिएको, यो देशको लागी लड़ाइको मैदानमा अग्रपंक्तिमा लडेको भन्ने ज्ञान भएको भए यस्तो ब्यबहार गर्ने थिएन होला। यो त एउटा उदाहरण मात्र हो, यस्तो अप्रिय घटना त प्राय हरेक दिन कहि न कही घटिरहेको हुन्छ र नराम्रो व्यवहार सहिरहेका हुन्छन ।
तसर्थ हाम्रा गोर्खा परिवार लाई कसैले पनि अभद्र व्यवहार नगरोस, हेय दृष्टिले नहेरोस, सबैले इज्जतका साथ खुसी भएर बस्न पाउन भने मुख्य उदेश्यले बनाइएको यस चलचित्रलाई हेर्न र अरुलाई पनि हेर्न प्रोत्साहन गर्नहुन सबैमा हार्दिक अपिल गर्दछु । यस चलचित्र बाट उठेको नाफा रकम सबै Gurkha welfare Trust मा जाने र उक्त रकम हाम्रै गोर्खा परिवार को सहयोगार्थ खर्च हुनेछ।वहाहरूको योगदानले नै आज हामी गोर्खालीको सन्तान अवसरको भूमि बेलायतमा आनन्दमय जीवन जीइरहेकाछ। अन्त्यमा 72 minutes समय र £10 खर्चेर यो चलचित्र हेर्दा पाप नलाग्ला कि? धन्यबाद।
उक्त चलचित्र Gurkha Beneath The Bravery बेलायतको निम्न मिति र स्थानहरुमा प्रदर्शन हुन गैरहेको छ। सहभागिताको लागि हार्दिक अनुरोध गर्दछु।







