मिस नेपाल नर्थ अमेरिका २०२२ को उपाधि प्रत्युषा बोहरालाई

SHARE:

काठमाडौं साउन २३ ।

मिस नेपाल नर्थ अमेरिका २०२२ को उपाधि प्रत्युषा बोहराले जितेकी छन् ।

१४ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले बाजी मारेकी हुन् । आन्या थापा फस्ट रनरअप र दिव्या पन्त सेकेन्ड रनरअप घोषित भए । नेपाली समयानुसार गएराति न्युयोर्कमा भएको फिनालेमा अमेरिकाको १४ राज्यमा बसोबास गर्ने सुन्दरीले भाग लिएका थिए । यसपटक पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ कोरियोग्राफर थिइन् ।

अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता सञ्जोग कोइराला, नीति शाह, जोली अमात्य, राजु श्रेष्ठ, तेन्जिङ पाल्देन र उज्वल सिंह निर्णायक थिए । फिनालेमा मिस नेपाल प्रियंकारानी जोशी र हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्री पनि उपस्थित थिए । मिस नेपालको सबै मापदण्ड पूरा भए मिस नेपाल नर्थ अमेरिकाकी विजेता प्रत्युषाले सिधै मिस नेपालको अन्तिम प्रतिस्पर्धामा भाग लिने मौका पाउनेछिन् । उनी मापदण्डअनुसार योग्य छिन् वा छैनन् भन्नेबारे हिडन ट्रेजरले जानकारी गराउने भएको छ ।

यसैवर्ष हिडन ट्रेजर र मिस नेपाल उत्तर अमेरिकाबीच भएको सम्झौताअनुसार मिस नेपाल उत्तर अमेरिकाको विजेताले मापदण्डमा योग्य भएपछि मिस नेपालमा भाग लिन पाउने भएका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!