बेलायतमा आगामी शुक्रबार मखमली साँझ हुने

SHARE:

लन्डन १६ अगस्ट २०२२ । बेलायतमा आगामी शुक्रबार (अगस्ट १९ तारिख)का दिन मखमली साँझ हुने भएको छ ।

मखमली इन्टरटेन्टमेन्टको आयोजनामा ह्यारोमा ‘मखमली साँझमा हुने भएको हो । उक्त सांगीतिक साँझमा भ्वाइस अफ नेपाल सिजन ३ की फस्ट रनर अप तारा श्रीस मगर र नेपाल आइडन सिजन ४ का विजेता भूपेन्द्र थापा मगरको प्रस्तुति रहने आयोजक संस्थाकी सरु गुरुङ रानाले जानकारी दिएकी छन् । साथमा स्थानीय कलाकारको नृत्य र अन्य प्रस्तुति रहने उनले बताइन् ।

कार्यक्रममा नेपाली राजदूतावास लन्डनकी उपनियोग प्रमुख रोशन खनाल प्रमुख अतिथि रहनेछन् । त्यस्तै एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर, तमु धिं यूकेका अध्यक्ष हित काजी गुरुङ, तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङ लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने छन् ।

कलाकार सुरु रानाले कार्यक्रबाट संकलित रकमबाट चेपाङ बस्तीका एक जना जेहेन्दार विद्यार्थीका लागि दुई वर्षसम्म छात्रवृत्ति छात्रावृत्ति प्रदान गर्ने र आफ्नो संस्कृति संरक्षणको लक्ष्यसहित सांगीतिक साँझ आयोजना गरिएको बताइन् ।

कार्यक्रमको सञ्चालन सृजना गुरुङ र दिपक थापा मैथानेले गर्नेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!