कार्यक्रम: सारङ्गीसंग, हेमन्त कान्छा रसाईली एकल सारङ्गी साँझ

SHARE:

चिम्खोले काईला – बेलायत

नेपालका चर्चित सारंगी बादक, गायक, गीतकार तथा संगीतकार हेमन्त कान्छा रसाइलीले बेलायतको अल्डर्सटस्थित एम्पायर हलमा सनिवार १० सेप्टेम्बरको दिन “हेमन्त कान्छा रसाइली एकल सारङ्गी साँझ” प्रस्तुत गर्ने भएका छन।

हेमन्त कान्छा रसाइलीले हालसम्म १२ हजार भन्दा बढी गीतहरुमा सारंगीका धुनहरु रेकर्ड गरिसकेका छन भने ४ दर्जन भन्दा बढी गीतहरुमा स्वर सङ्गीत भरिसकेका छन।

रसाइलीले सांगीतिक यात्रा भने २०६३ सालमा पहिलो गीत काजु शेरचनद्वारा काँचो सुन्तला रि-रेकर्ड गरेका थिए। काँचो सुन्तला सुपरदुपर हिट भएपछी उनले लगातार कैले तिम्रो बन्न सकिन, पराइ ठानेपछि, भाग्यमानी, बालापन, किन होला खै, लाहुर, म्याग्दी काली, झल्को धेरै भो, लौरी तितेको, के छ ज्यानलाई, थर बदल्न पर्दैन, म्याग्दी खोलेलाई, कर्मै हाराको, रेलको ढोका बन जस्ता एल्बम तथा गीतहरुमा स्वर तथा सारंगीको धुन भरेका छन। हेमन्त कान्छा रसाइलीले आजसम्म आउदा उनले बिगतलाई फर्केर हेर्न परेको छैन।

पछिल्ला समयमा अति चर्चित गीतहरु कुरा बुझ्न पर्छ, के यो देश मेरो होइनर, सुर्ती मर्दा मार्दै, भबिश्य कसले देखेको छर, माईली, मालिङ्गो, देखेर तिमीलाई (तिन पाते), प्रकाश सपुतको पिर, फिल्म दर्पण छाया भाग दुइ, प्रसादलगायत थुप्रै फिल्म तथा एल्बमहरुमा सारङ्गीको धुन दिएका छन।

एकल साँझको पहिलो चरणमा पुराना चर्चित गीतहरुको धुन साथै हेमन्त कान्छा रसाईलीले उनले गायका गीतहरु तथा उनले धुन भरेका सारंगीका कर्खा गीत हरु प्रस्तुत गर्ने छन। उनलाई उनी सङ्गै आएका गायिका बिमला श्रीसले साथ दिनेछिन भने दोस्रो चरणमा बिमला श्रीससंग लोक दोहोरी गीतहरु प्रस्तुत गर्नेछन। उनलाई बाध्यबादकतर्फ मिन गुरुङ मादलमा, देनेश गुरुङ बाँसुरीमा, कुमार गुरुङ हार्मोनियममा, दिप्सन बिक गितारमा, बिलन थापा अक्टोप्याडमा, तुलसी राना मादलमा र रेशम पाचयले ढोलक तवलामा साथ दिनेछन।

यस कार्यक्रम नितान्त सारङ्गीलाई जगेर्ना, संरक्षण र सम्बर्द्धन गर्नु रहेको छ । बेलायत बसाइको मौकामा दर्शक तथा श्रोताहरुलाई सारङ्गीको महत्त्व बुझाउने र सारङ्गीको महत्त्व नयाँ पिढीलाई पनि प्रोत्साहन गर्नको निमित्त यो कार्यक्रम आयोजना गरिएको हो। यस कार्यक्रमलाई मान ट्राभल आयोजना गर्ने भएको छ।

एकल साँझबाट संकलित रकमबाट खर्च कटाएर बचेको रकम नेपालबाट लोप हुनलागेको बाजा सारंगीको जगेर्ना, संरक्षण र सम्बर्द्धन गर्नका लागि खर्च गरिने संयोजक बाग्बीर पुनले बताएका छन।

टिकटको मुल्य £२० राखिएको छ यस कार्यक्रमलाई प्रायोजक गर्ने प्रायोजकहरुले भने एउटा टिकट फ्रिमा पाउने हेमन्त कान्छा रसाइलीले जानकारी दिएका छन।

हेमन्त कान्छा रसाइली म्याग्दी जिल्ला, च्युरीबोट मट्ठडांडामा पिता सबहादुर रसाइली र माता तुलसरा रसाईलिको कोखबाट बिक्रम सम्बत २०४३ मा जन्मेका थिए। हाल उनि काठमान्डौ नयाँ बानेश्वरमा श्रीमती सपना रसाइली (गीतकार) छोरा अभिषेक रसाइली र छोरी आहिसा रसाइलीसंग जीवन यापन गर्दै छन।

हेमन्त कान्छा रसाइली फुर्सदको समय सारंगीको धुन भर्नमा ब्यास्त हुन्छन भने बचेको समय श्रीमती, छोरा र छोरीलाई घुमाउन लैजान्छन।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!