दुईवटा नेपालीसहित ३ वटा नयाँ फिल्म आजबाट प्रदर्शन

SHARE:

काठमाडौं अक्टोबर २१ ।

शुक्रबारदेखि २ नेपालीसहित ३ वटा नयाँ फिल्मले प्रदर्शन थालेका छन् ।

नेपाली फिल्म ‘के घर के डेरा’ र ‘नालापानी’ सहित हलिउड फिल्म ‘ब्ल्याक एडम’ले एकसाथ प्रदर्शन थालेका हुन् । रिमेश अधिकारीको लेखन तथा निर्देशनमा बनेको ‘नालापानी’ २ सय ८ वर्षअघि नेपाली सेनाले अंग्रेजविरुद्ध ‘नालापानी’मा लडेको युद्धमा आधारित फिल्म हो । ९ वर्षअघि निर्माणको तयारी गरिएको ‘नालापानी’ नेपाली फिल्म इतिहासमा सबैभन्दा ठूलो बजेटमा बनेका फिल्ममा पर्छ। फिल्मको बजेट १४ करोड रूपैयाँ नाघेको बताइएको छ ।

फिल्ममा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजा चन्द, गीता अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मले पहिलो दिन मल्टिप्लेक्समा १० देखि २० प्रतिशतसम्म शो पाएको छ। शुक्रबार बिहानको शोमा दर्शकको उपस्थिति औसत देखिएको छ । दिपेन्द्र के खनालको निर्देशनमा बनेको ‘के घर के डेरा’ले पनि हलमा १० देखि २५ प्रतिशतसम्म शो पाएको छ। काठमाडौंमा डेरामा बस्नेहरूको कथा रहेको फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। ‘के घर के डेरा’मा पनि शुक्रबारको शोमा दर्शकको उपस्थिति औषत देखिएको छ।

यतिवेला हलमा सबैभन्दा बढी शो र सबैभन्दा बढी दर्शकको उपस्थितिका साथ प्रदर्शन भएको फिल्म हो ‘ब्ल्याक एडम’। मल्टिप्लेक्समा ४० प्रतिशतसम्म शो पाएको फिल्ममा दर्शकको उपस्थिति ७० देखि ८० प्रतिशतसम्म देखिएको छ । जेम कलेक्ट सेराको निर्देशनमा निर्मित सुपरहिरो फिल्ममा ड्वाने जनसन, भिएला डेभिस, पियर्स ब्रस्नन, अल्डिस होज लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

यीबाहेक नेपाली फिल्म ‘दुई नम्बरी’ र कन्नड फिल्म ‘कान्तारा’ पनि यतिवेला हलमा छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!