नुवाकोट पञ्चकन्यामा वडावस्तरीय अध्यक्ष कप : तादी–२ लाई उपाधि, पञ्चकन्या–३ ‘ए’उपविजेता

SHARE:

नुवाकोट । पञ्चकन्या गाउँपालिका–४ मा सम्पन्न दोस्रो वडास्तरीय अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिताको उपाधि छिमेकी तादी गाउँपालिका–२ ले जितेको छ । फाइनलमा तादी–२ सँग पराजित भएपछि पञ्चकन्या गाउँपालिका–३ को टिम ‘ए’ उपविजेतामा सीमित भएको छ ।

दसैं, तिहार तथा छठ पर्वको अवसरमा पञ्चकन्या गाउँपालिका–४ को आयोजनामा असोज ३० र ३१ गते प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगिताका खेल घ्याङस्वारा पर्यटकीय पार्कस्थित खेल मैदानमा भएका थिए । प्रतियोगितामा प्रथम भएको तादी गाउँपालिका–२ ले ४० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको पञ्चकन्या गाउँपालिका–३ को टिम ‘ए’ ले कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीले समेत पुरस्कार पाए ।

प्रतियोगिताको समापन गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष विमला केसीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा पञ्चकन्या ३ का वडाध्यक्ष रामबाबु पराजुली, वडा ४ का सदस्य रामकुमार तामाङ, रुडेक नेपालका अध्यक्ष मिनकुमार केसी, पञ्चकन्या गाउँपालिकाअन्तर्गका विभिन्न शाखा प्रमुख, कर्मचारी, सुरक्षाकर्मी तथा खेलाडीहरूको उपस्थिति थियो ।

फाइनलसम्म पुगेर उत्कृष्ट खेल प्रदर्शन गरेको पञ्चकन्या–३ को टिम ‘ए’ लाई आयोजकले धन्यवाद व्यक्त गरेको छ । प्रतियोगिताले स्थानीयस्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा प्रस्फुटन तथा आपसी सद्भाव बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!